काठमाडौँ- एक कालजयी गित ‘तिमि तारे भिर म त लहरा’ तीन दशक पश्च्यात पुनः चर्चामा छाएको छ । ३२ बर्ष अघि संगीतकार शान्तिराम राई र कवि तथा गीतकार मुकारुङले लेखेको उक्त गित गायिका पवित्रा सुव्बालाई गाउन दिइएको थियो ।
सदाबहार प्रेम समर्पण भावमा रहेको उक्त गित हाल गायक तथा संगीतकार राईको संगीत रहेको भिडियो सहितको मेल भर्सनमा देवेश राईले संगीत संयोजन गरेका छन् । दर्जनौं चर्चित गीतमा स्वर दिइसकेका खोटाङका गायक रेवतले गाएपछि पुःन ‘तिमी तारे भीर’ले चर्चा पाएको छ ।
किरण चाम्लिङ राईको निर्देशनमा तयार पारिएको भिडियोमा चर्चित अभिनेता दयाहाङ राई, मिरुना मगर र बाल कलाकार नुमा राईको अभिनय छ । गीतको भिडियोमा मायाँ, प्रेम र मानिसको जीवनमा हुने वियोगान्त क्षणलाई चित्रण गरिएको छ ।