बहुप्रतिक्षित नेपाली चलचित्र फिल्म ‘प्रेम गीत ३’ फाल्गुन १३ मा रिलिज हुने


लेखक : लेखापढी      ९ मंसिर २०७८, बिहीबार १४:४७ मा प्रकाशित     
बहुप्रतिक्षित नेपाली चलचित्र फिल्म ‘प्रेम गीत ३’ फाल्गुन १३ मा रिलिज हुने

काठमाडौँ- बहुप्रतिक्षित नेपाली चलचित्र फिल्म ‘प्रेम गीत ३’ आगामी फागुनमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता सन्तोष सेनले फिल्मको रिलिज मिति १३ फागुन तोकिएको बताएका छन् । फिल्म नेपालसँगै भारतमा पनि हिन्दी भाषामा एकसाथ रिलिज हुनेछ । जसका लागि भारतीय वितरकसँग कुराकानी भइरहेको सेनले जानकारी दिए ।

‘प्रेम गीत ३’ हिन्दी भाषामा केही अगाडि डबिङ सकिएको हो । फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुले गरेका थिए । २०० सय वर्ष अघिको प्रेम कहानीलाई पर्दामा उतारेको फिल्म ‘प्रेम गीत ३’ स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । छेतेन गुरुङ र मन्दिप गौतम लेखक रहेको फिल्मका निर्माता सन्तोष सेन र सहनिर्माता कुमारसान शाह र ओएसआर डिजिटल रहेका छन् ।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगिसा खत्री, लक्ष्मी वर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका छ । 
अपर मुस्तांगको चिसोमा सुटिङ्ग भएको उक्त चलचित्र निकै उत्कृस्ट रहेको दाबि गरिएको छ ।

100% LikesVS
0% Dislikes