मेयर ओड सर्वाधिक मत ल्याएर कांग्रेस महाधिवेशन प्रतिनिधिमा विजयी


लेखक : लेखापढी      ९ मंसिर २०७८, बिहीबार ०४:३२ मा प्रकाशित     
मेयर ओड सर्वाधिक मत ल्याएर कांग्रेस महाधिवेशन प्रतिनिधिमा विजयी

धनगढ़ी- नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओड सर्वाधिक मत ल्याएर विजयी भएका छन्। बुधबार सम्पन्न कैलाली क्षेत्र नम्बर ५ को मतगणनाको परिणाम अनुसार उनी ३७७ मत ल्याएर विजयी भएका हुन्।

सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका नरनारायण शाह ३६२, क्षितिज भण्डारी ३४५, प्रकाश देउवा ३०३, डिल्लीराज पन्त २ सय ३५ मत ल्याएर विजयी भएका छन्।

यस्तै, गणेश देउवा २२६, कृष्णबहादुर महरा २१०, नारायणदत्त भट्ट २०६, उद्धवबहादुर विष्ट १९४ र  हरिश खड्का १ ८७ मत ल्याएर विजयी भएका छन्। यस्तै, अपांगतर्फ धर्मराज ओझा २२४ मत ल्याएर महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

महिलातर्फ निपा चोखाल २८७, डम्बरी महरा २४३, पुष्पा भट्ट २१५ र रिता बम भण्डारी २२० मत ल्याएर विजयी भएका छन्।

100% LikesVS
0% Dislikes