नेपालका सवारी साधनले बोक्न सक्ने जति मान्छे महाधिवेशनमा आउनेछन् : केपी ओली


नेपालका सवारी साधनले बोक्न सक्ने जति मान्छे महाधिवेशनमा आउनेछन् : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशनमा नेपालका सवारीसाधनले बोक्न सक्ने जति नागरिकको सहभागिता रहने दाबी गरेका छन् । 

मंगलबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले महाधिवेशनमा जनसहभागिताको कमी नहुने बताएका हुन् ।

“नेपालका सवारी साधनले बोक्न सक्ने जति जनसमुदाय महाधिवेशनमा आउने छन् । नभ्याउने त कहाँबाट ल्याउने ? सबै खालका सवारीसाधनको प्रयोग गरिने छ । जनसहभागिताको कमी हुँदैन,” उनले भने । 

उनले आफूले महाधिवेशनमा उठ्ने नउठ्नेबारे निर्णय गरिनसकेको पनि बताए । 
-१२ खरिबाट