पार्टी एकीकरण गर्नु नै गल्ती भएको, संयोजक मिलन पाण्डेले माफी मागे


लेखक : लेखापढी      ६ मंसिर २०७८, सोमबार १५:०७ मा प्रकाशित     
पार्टी एकीकरण गर्नु नै गल्ती भएको, संयोजक मिलन पाण्डेले माफी मागे

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी एकीकरण गर्नु नै गल्ती भएको बताएका छन् । उनले सोमबार समाजिक सञ्जाल फेसबुकमार्फत् माफी माग्दै एकीकरणको उद्धेश्य भने पवित्र रहेको समेत बताएका छन् । 

“आज दुखको कुरा के भयो भने सुसंस्कृत राजनीतिमा अर्को पक्षले लेखेकै र भएकै सहमति मान्नु मेरो गल्ती भयो भन्नुपरेको छ । आज वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा यो परिस्थिति आएको हो,” उनले भनेका छन्, “तसर्थ, तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्त्व मैले गरेको हुँदा म तपाईँहरू १३ जनासँग माफी माग्छु । हाम्रो उद्देश्य पवित्र थियो ।”

उनले पाटी परित्याग गरेर नेपाल विवेकशील पार्टी दर्ता गराएका नेताहरुलाई बधाई दिँदै छिट्टै अभियान र संगठनमा भेट हुने समेत बताएका छन् ।
 
पाण्डेले विवेकशील साझा पार्टीको वैचारिक संस्थापन कमजोर नभएको र लडाईं नसकिएको पनि बताएका छन् ।
 “विवेकशील साझा पार्टीको वैचारिक संस्थापन कमजोर छैन । तसर्थ, विवेकशील साझा पार्टीभित्रको वैचारिक लडाईं सकिएको छैन । कमजोर भएको पनि छैन,” उनको भनाइ छ, “विवेकशील साझा पार्टीलाई ‘प्रोग्रेसिभ डेमोक्रेटिक’ पार्टी बनाएर नै छाड्ने हो । आशा छ, तपाईँहरूको साथ पनि हामीलाई हुनेछ ।”
-१२खरीबाट 

100% LikesVS
0% Dislikes