१.
अटूट माया
जीवनको डुंगामा
तरि रहेछ।
२.
तिमी कहाको
परदेशी भएनि
मन मिलेको।
३.
भेटेर पनि
भेट भएन,तर
मन त मिल्यो।
४.
गुनासो छैन
पराया ठाने पनि
प्रेमले भन्छ।
५.
मेरो नसोध
आफ्नो सुनाउ न
पागल मन।
६.
दैव यही छ
अरू कहा खोजेछौ?
तिम्रै भित्र छ।
नीता गुरूंग भाटिया
गुवाहाटी, असम