गायिका प्रविशा अधिकारीले गरिन इन्गेजमेन्ट, मंसिर ५ गते बिहे हुने


लेखक : लेखापढी      २ मंसिर २०७८, बिहीबार २३:१३ मा प्रकाशित     
गायिका प्रविशा अधिकारीले गरिन इन्गेजमेन्ट, मंसिर ५ गते बिहे हुने

काठमाडौँ- गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारीले आज इन्गेजमेन्ट गरेकी छिन् । उनले आफ्ना प्रेमी निर्माण सिटौलासँग आज टिकाटालो गरेकी हुन् ।

प्रविशा र निर्माणको टिकाटालो उनीहरुको गृह जिल्ला झापामा भएको हो । निर्माण झापा चारापानेका हुन् । तर, उनी लामो समयदेखि अमेरिकामा रहँदै आएका छन् ।

प्रविशा र निर्माणको बिहे मंसिर ५ गते हुँदैछ । यसका लागि प्रविशा केही दिन अगाडि मात्र झापा पुगेकी छिन् ।

100% LikesVS
0% Dislikes