राष्ट्रिय संगीतकर्मी पुरस्कार वरिष्ठ गायिका चन्द्रकला शाहलाई प्रदान


लेखक : लेखापढी      १ मंसिर २०७८, बुधबार ०४:०६ मा प्रकाशित     
राष्ट्रिय संगीतकर्मी पुरस्कार वरिष्ठ गायिका चन्द्रकला शाहलाई प्रदान

काठमाडौँ- नेपाली संगीत क्षेत्रमा करिब साँढे चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिएको भन्दै वरिष्ठ लोक गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छिन् । मंगलबार काठमाडौँमा एक समारोहबीच वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा लगायतले रु ५१ हजार नगद सहित कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार२०७८’ बाट पुरस्कृत गरे ।

पछिल्लो समय अमेरिकामा बस्दै आएका गायक कन्हैया सिंह परियारले आफ्नो ५० औँ जन्म दिनको अवसर फजुल खर्च नगरी सो पैसाबाट कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार २०७८ स्थापना गरेका थिए । उनी काठमाडौँ आएको बेलाको अवसर पारेर सो पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले नेपाली लोक संगीत सृजना र भाका सङ्कलनमा चन्द्रकला शाहको अतुलनीय योगदान रहेको बताए । यस्ता स्रष्टालाई करारमा काम गरिरहेको बेला रेडियो नेपालले बिना कारण जागिर खोसेर बेरोजगार बनाएको बेला सिंहले आफ्नो नाममा स्थापित पुरस्कारबाट पुरस्कृत गर्नु प्रशंसनीय कार्य भएको  बास्कोटाले धारणा राखे । 

100% LikesVS
0% Dislikes