भारतीय गायक कुमार सानु सांगीतिक कार्यक्रमका लागि नेपाल आउँदै


लेखक : लेखापढी      २३ कार्तिक २०७८, मंगलवार १४:३८ मा प्रकाशित     
भारतीय गायक कुमार सानु सांगीतिक कार्यक्रमका लागि नेपाल आउँदै

काठमाडौं । भारतीय चर्चित गायक कुमार सानु सांगीतिक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् ।

जनकपुरधाममा हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा सहभागी हुन कुमार नेपाल आउन लागेका हुन् । उक्त कन्सर्ट यही नोभेम्बर १३ (कात्तिक २७) मा जनकपुरको होटेल राजदरबार र नवरङ रिसोर्टमा आयोजना हुँदैछ ।

उक्त कन्सर्टमा कुमार सानुका साथै गायक सुगम पोखरेल, गायिका पूजा ठाकुर, गायक रोशन पराजुलीले पनि प्रस्तुति दिनेछन् ।

कन्सर्टमा सहभागी हुन प्रतिटिकट मूल्य प्लेटिममको चार हजार ५०० र गोल्डको तीन हजार रुपैयाँ तोकिएको छ । 

100% LikesVS
0% Dislikes