सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक साँझ ५ बजे बस्दै


लेखक : लेखापढी      २२ कार्तिक २०७८, सोमबार १४:२९ मा प्रकाशित     
सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक साँझ ५ बजे बस्दै

सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । आज सोमबार बेलुका ५ बजे सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्न लागेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिनुभयो ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने उहाँले बताउनुभयो । आज बिहान बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता भएको उहाँले बताउनुभयो । भेटवार्तामा समसामयिक वर्तमान राजनीतिक अवस्थाको बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्तापछि सत्ता गठबन्धन दलको बैठक बस्न लागेको प्रेस संयोजक सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरु उपस्थित हुनुहुनेछ । साभारः गाेरखापत्र अनलाइन

50% LikesVS
50% Dislikes