सल्यान बस दुर्घटना : खारखोलामा मृतकको संख्या नौ पुग्यो, २१ घाइते


सल्यान बस दुर्घटना : खारखोलामा मृतकको संख्या नौ पुग्यो, २१ घाइते

काठमाडौं । सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ ।
कपुरकोट गाउँपालिका–५, खारखोलामा भएको बस दुर्घटनामा नौजनाको मृत्यु भएको हो । २१ जना घाइते छन् ।

आइतबार बिहान करिब ११ बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना२ख २५५२ नम्बरको बस दुर्घटना भएको हो ।
बस सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बसमा ३० जना यात्रु सवार रहेको खुलेको बताए ।