मानव जस्तै कर्म‌‌‌ गर (कविता)


लेखक : लेखापढी      २० कार्तिक २०७८, शनिबार ०५:०१ मा प्रकाशित     
मानव जस्तै कर्म‌‌‌ गर (कविता)

मानवको ललाटमा
घोर चिन्ता झल्किरहेको छ।

आज मानवको दूर्दशा देखेर
पहाड़,पर्वतहरू
पनि रूॅदैछ।

जीवनमा प्रत्येक
दूर्दशाको पछाडी
कुनै न कुनै पीड़ा
लुकेर बसेको हुन्छ।

आह! र सिसकारिमा
ऑसूको भेल
सागर बन्दछ।

हे मानव!
जीवन अस्त-व्यस्त
मात्र होईन
त्रस्त भई रहेको छ।

मानव हौ तिमी
मानव जस्तै कर्म‌‌‌ गर
उठ जाग अनि
अरूलाई नि जागृत गर ।

आफ्नै घरमा ड़ढ़ेलो लगाई
दानवसरि किन रमाएको?

हातमा लौरो, चकू लिएर
मानवतालाई शर्मसार नगर

मानव हौ तिमी, मानव जस्तै कर्म‌‌‌ गर
समस्त संसारलाई
परिवार ठान
भेद भाव छोड़ी
आफ्नो मान

रगत सबैको एउटै हुन्छ
रातो रंगमा सरोवर भएको
नहोस कोई शत्रु यहाॅ
सदा रहोस मैत्रीको दीप बलेको।

दीन दुखियाॅको
सहारा बनी
दयाको भावना
मनमा जगाई

जीवन आफ्नो सार्थक गर
मानव हौ तिमी, मानव जस्तै कर्म‌‌‌ गर।


नीता गुरूंग भाटिया
गुवाहाटी असम, भारत

100% LikesVS
0% Dislikes