ललितपुरमा आगलागी: एकै परिवारका चारजनाको मृत्यु, दुई गम्भीर घाइते


लेखक : लेखापढी      २० कार्तिक २०७८, शनिबार ०३:२० मा प्रकाशित     
ललितपुरमा आगलागी: एकै परिवारका चारजनाको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं । ललितपुरको मंगलबजारमा शुक्रबार साँझ एउटा घरमा आगलागी हुँदा चारजनाको मृत्यु भएको छ । दुईजनाको अवस्था गम्भीर छ ।

स्थानीय ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगलागी हुँदा ताम्रकारसहित उनकी छोरी अन्जना, बुहारी रत्ना र उनका एकजना नातिको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

घरमा तिहारको समयमा बालिएको दियोबाट आगो सल्किएको थियो । आगो सल्किँदै गएर खाना पकाउने ग्यास सिलिन्डर समेत विस्फोट भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख, एसएसपी किरण बज्राचार्यले बाह्रखरीलाई जानकारी दिइन् ।

आगलागीमा परी गम्भीर घाइते भएका दुईजनाको पाटन अस्पतालमा उपचार भइरहेको उनले बताइन् । घाइतेको परिचय खुलिसकेको छैन ।

अहिले आगलागी नियन्त्रणमा लिइसकेको बताइएको छ । साँघुरो गल्लीमा रहेको घरभित्र आगलागी भएको र तत्कालै नियन्त्रणमा लिन नसक्दा ठूलो मानवीय क्षति भएको जनाइएको छ ।

100% LikesVS
0% Dislikes