तिहार हिन्दु धर्मावलम्बीहरुको दशै पछिको सबैभन्दा ठुलो पर्व हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कात्तिक शुक्ल पक्षको द्धितीया तिथिको भाईटीकासम्म पाँच दिन मनाईन्छ । पाँच दिन सम्म मनाईने भएकाले यसलाई यमपञ्चक पनि भानिन्छ । यो पाँच दिवसीय पर्व विशेष गरि नेपालमा भव्य रुपमा मनाईन्छ । हिन्दु धर्मावलम्वीले यस तिहार पर्वलाई दीपावलीको रुपमा पनि यस पर्वलाई धूमधासाथ मनाउँछन । यस पर्वको नाम हिन्दी शव्दको “त्योहार” शव्दबाट अप्रभंश हुँदै तिहार बनेको हो भन्ने गरिन्छ । यसलाई दीपावली अनि दिवाली पनि भनेर पुकारिन्छ यही दिन भगवान धन्वनतरीको जन्म भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ । यसै दिन साँझ घरमा मूलद्धारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने सामाजिक मान्यता छ ।
तिहार पर्वलाई धार्मीक साँस्कृतक तथा समाजिक महत्व पनि साथ जत्तिकै हेरिएता पनि मानव समाज तथा पशुबीचको प्रगाढ सम्वन्धको एक मनोसामाजिक विज्ञान पनि चित्रण गरिएको छ ।
पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दूधर्मशास्त्रका पौराणिक कथा अनुसार सूर्यका छोरा यमराजे आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दुशास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा बस्दा यमुनाको ब्यबहारले निकै प्रसन्न्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग” भन्दा यमुनाले हरेक बर्ष आजकै दिन मलाई भेट्न आउनु पर्ने साथै दिदीभाई दाजु बहिनीको प्रेम सदा अटल रहोस्र दाजु भाईको आयू कीर्ति सदा वृद्धि होस भन्ने वरदान मागेकी थिईन । यमराजले पनि तथास्तु भन्दै मानस, वाचा, कर्मण र शुद्धचित्तले यस प्रकारसँग पूजा गर्ने गराउनेहरुको सदा उन्नति हुने र कीर्ति पनि फिंजिने वर दिएका थिए भन्ने धार्मीक, साँस्कृतिक भनाई थियो । यो प्रथा प्रचीनकाल देखिन नै अहिले सम्म अविच्छिन्नरुपले तिहार पर्वलाई हर्षाेउल्लासका साथ मानिँदै आएको परम्परा हो । यो तिहार पर्वलाई धार्मीक साँस्कृतक तथा समाजिक महत्व पनि साथ जत्तिकै हेरिएता पनि मानव समाज तथा पशुबीचको प्रगाढ सम्वन्धको एक मनोसामाजिक विज्ञान पनि चित्रण गरिएको छ ।
तिहारको आ-आफ्नै धार्मीक सांस्कृतिक पक्ष प्रशस्त छन । नेपाल झन एक कृषि प्रधान देश हुन । हिन्दुशास्त्रको प्रचलन भारतवर्षमा झन चलेको ले यो क्षेत्र भनेको कृषि उर्वर भुमि हो । जव कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रुपी संपत्ति घरमा ल्याउँने समय जब हुन्छ तव उसको खुसी तथा उँमगको सिमा हुँदैन । यस खुशीको अवसरमा ऊ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ । पहिले दशैं अनि त्यसको प्रन्ध दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाको विभिन्न रुपहरुको पूजा आराधना गरिन्छ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ । दक्षिण एसियाको धेरै देशमा विशेष गरी भारत, नेपाल, भुटान र म्यानमारमा यो तिहार पर्वलाई विभिन्न प्रकारले मनाईन्छ जसले पनि यसको महत्व छ । यो पर्व संस्कृतिक पक्ष सँगै बैज्ञानिकताका आधारमा पनि तिहार पर्व मनाइएको छ । यसको पृष्टभूमिमा जे जति सांस्कृतिक महत्व देखिएका छन त्यो भन्दा पनि बढी वैज्ञानिक महत्व देखा पर्दछन । जतो चराहरु भनेको वातावरण सन्तुलनका प्रतीक हुन । बालीनालीमा लाग्ने कीराहरु खाईदिएर चराहरुले कृषिप्रधान मुलुकमा कृषकहरुलाई धेरै सहयोग पुर्याएका हुन्छन । अप्रत्यक्ष रुपमा उनीहरुले मौसम सन्तुलनको दिशामा पनि त्यति नै महत्वपूर्ण भुमिका खेलेको हुन्छ । जसकारण सन्देशको प्रतिक कागलाई बर्षको एकदिन कागको पूजा गर्ने प्रसङ्गले मानिसलाई सधैभरि अन्य चराहरु प्रति इमान्दार हुनुपर्छ । कुकुरको स्वामीभक्ति त यसै पनि संसारमा प्रसिद्ध छ । आफूलाई संरक्षण दिनेप्रति हामी सबैले कुकुरले जत्तिकै इमानदार हुनु कुकुर पुजाको प्रसंगले बुझिन्छ । गाईबाट दूध र मलमुत्रले गर्दा कृषिको फसलमा धेरै उब्जन गर्न सक्दछन् । यसरी यस्ता वैज्ञानिक पद्धितीले पनि यो पर्व मनाउने धार्मीक तथा साँस्कृतिक पक्षको रुपमा अझै यसलाई सांकेतिक रुपमा सामाजिक सांस्कृति संस्कारको रुपमा विकास भएको हो भनि एकिन गर्न सकिन्छ जस्तै काग तिहार किन मनाईन्छ भन्दा काग अत्यन्त चतुर र चलाख पंक्षी हो । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रुपमा पनि लिईन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । जसकारण समाजमा कागगवेषणा, काकन्याय, ककललि आदि विविध शव्द प्रयोग गरिएको हुन्छ । कुकुरलाई पनि यमदूतका रुपमा लिईन्छ । कुकुर यमराजको अर्को प्रिय भक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक तथा अध्ययन अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछ । त्यसै गरि प्राकृतिक प्रकोप तथा दैवी विपत्तीको बेलामा पूर्व सूचना समेत दिन्छ यो पनि एक पशुर मानव विचको सम्वन्धको सांकेतिक पर्व हो । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।
चाणक्य नीतिशास्त्र : बह्वाशी स्वल्पसंतुष्ट सुनिद्रो लघुचेतन : ।।
स्वामीभक्तश्च शूचश्च षडेते श्वाननतो गुणा : ।। २१ ।। (अर्याल मदनप्रसाद, २०६९ ) ।
यसमा कुकुरका छ गुण छन । थोरैमा सन्तोष, धेरैमा पनि हजम गर्न सक्ने, निद्रा पनि कान ठाडै, निद्रामा पनि भुक्न सक्ने, मालिकको विश्वासी, बहादुरी साथ लडन सक्ने यसका गुणको पनि पुजा गरिएको हो भन्न सकिन्छ । यो अनुशरण हामीले पनि गर्नु पर्दछ भन्ने एक सांकेतिक दर्शनको रुपमा पुजा गरिने परम्परा चलाएको पनि हुन सक्तदछ ।
हिन्दूहरु गाईलाई लक्ष्मी र गौमाताका रुप मान्छन । गाईजात्रा गाइपाल, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विभिन्न प्रतीकात्मक अर्थ प्रदान गर्छ ।
गाईलाई पशुधनका रुपमा लिईन्छ । हिन्दूहरु गाईलाई लक्ष्मी र गौमाताका रुप मान्छन । गाईजात्रा गाइपाल, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विभिन्न प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक पनि मानिन्छ । नेपाल एक कृषी प्रधान देश भएको कारणले गर्दा पनि गाईलाई पुज्नु भनेको कृषीको संरक्षण गर्नु हो । एक समाजशास्त्रीय दृष्ट्रिकोणबाट पनि हिन्दु संस्कारमा गाईको हत्या गर्नु गौ हत्या भनेको पाप मानिन्छ । गाईलाई संरक्षण गर्नु भनेको : गाईलेले वरहरु उत्पादन गर्दछ र वरबाट गोरु बनाएर खेत जोत्नको लागि काम लाग्दछ । गाईको हत्या गरेको खण्डमा वहर उत्पादन नहुने हुँदा गाईलाई पुज्ने प्रचलन चलेको हो । अहिले आधुनिक जमानामा गोरुको सट्टा ट्याक्टर आएका छन तर पहाडी र हिमालमा क्षेत्रमा त्यो टेक्ट्रबाट खेत जोत्नको लागि सहज अझै पनि छैन । साना साना खेतका पाटा भएकामा अझै पनि गोरुको आवश्यकता हुन्छ । जसकारण पनि गाईलाई लक्ष्मीका प्रतिक पनि मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातको रुपमा पनि लिईन्छ । जसकारण वत्तिबालेर लक्ष्मीलाई आफ्ना घर—घरमा आह्वान गरिन्छ । तिहार-दिपावलीमा “तमसोमा ज्योतिर्गमय” अर्थात अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रुपमा सुख सन्तोष प्रदान गर भन्ने पनि भएकोले झिलीमिली बत्तिको तिहार पनि भनिन्छ । यो दिन चेलीबेटीरु भैलो खेलेर रमाईलो पनि गर्दछन ।
कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भनेपछि गोर्वधनको पूजा गर्दछन ।
गोरु तिहार हल तिहार वा गोवर्धन पूजा चौथो दिन मनाईन्छ । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरुले देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रबाट उनीहरुले केही दान पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भनेपछि गोर्वधनको पूजा गर्दछन । आफ्नो पूजा नगरेर गोर्वधन पर्वतको पुजा गरेपछि इन्द्रले गोकुलमा असिना पानीको वृष्ठी गराउँदा कृष्ण्ले गोर्वधन पर्वलाइृ हातले उचाले गोकुलवासीको आश्रय दिन्छन त्यहीबाट यो पूजा चलेको हो भन्ने पनि समाजिक मान्यता छ । हामीले पनि तिहारमा गोरु तिहारको दिन गोर्वधनको पर्वत बनाई पूजा गरेमा पाकेको अन्नबालीलाई पानी असिनाबाट जोगाउन सकिन्छ भन्ने हाम्रो समाजिक विश्वास र मान्यता नेपाली समाजमा छ ।
भाईटीकाको दिनमा दाजुभाईलाई दिदी बहिनीहरुले लगाइदिने मखमली, सयपत्री तथा दूवोका मालाको पनि छुट्टै महत्व छ । मखमली कहिल्यौ ओइलाउँदैन, सयपत्रीको रङ्गकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । भाईटिका दिदीबहिनले दाजुभाईको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन । यसमा पर्वमा चाहीने सामग्रीहरुको पनि आ—आफ्नै महत्व र संस्कार नेपाली समाजमा छ । नेवार जातिमा यस तिहारमा मह पूजाको पनि आफ्नै महत्व छ ।
आजको नेपाल एउटा सानो संर्षशले बनेको होइन । यो भन्दा ठुलो नेपाल पनि थियो । हाम्रो नेपाल हिम्म्वतखण्ड , भारतबर्ष भित्र पनि पर्दछ । कला संस्कृती बनाउनको नेपाल एकिकरण सँगसँगै नेपालका सबै जातजातिको सहयोग र सदभाव पनि छ । यसो भन्दै हामीले बाईसे चौविसेका तथा त्यो भन्दा अघिका राजा रजौटाहरुको योगदान पनि भुल्न हुँदैन त्यो वेलामा पनि कला, संस्कृति र भाषा तथा बैज्ञानिक राज्य संचालन पद्धतीको राम्रो गहन अध्ययन गर्नु पर्दछ । चाडपर्वमा हामी नेपालीहरु धेरै नै धनी छौ । हामीले गौरव गर्ने भनेको हाम्रा चाडपर्वहरु नै हुन । यि पर्व नै हाल आएर संस्कृती संस्कार र परम्परा बनेका छन । हाम्रा चाडपर्वहरुमा धेरै नेपाली माटोको सुगन्ध अनुसार मौलिक छन । हामीले गहन रुपमा अध्यनन गर्ने हो भने यि चाडपर्वहरुले नेपाली समाजमा दुःख र परिश्रम गरेपछि चाहिने खुसियालीको अनुभुती गराउँदछन भने जिविकापार्जन गर्नको लागि पनि यो चाडहरुले सहयोग गरेको छ। यस्ता उदाहरण नेपाली समाजमा धेरै छन । कुनै पनि पर्वले एक सांकेतिक रुपमा सामाजिक जिवनलाई सहजिकरण गरेका पनि छन । जो पछि गएर समाजमो संस्कार र संस्कृति बन्दै परम्परालाई अनुशरण गरेको हो। यि चाडपर्व र संस्कृतिहरु हाम्रो अमुल्य सम्पत्ति हुन । यी चाडपर्वलाई कतैबाट पनि अतिक्रमण गर्नु हुँदैन । यसलाइै विद्धान वर्गले पनि आ—आफ्नो तरिकाले व्याख्या गर्नु हुँदैन । कुनै पनि पर्वलाई जातीकरण गर्नु हुँदैन । हाम्रो नेपाली समाजमा यस्त धर्म संस्कृति धेरै लामो देखी चल्दै आएको हो ।
हाम्रो नेपालमा जव सम्म राजत्रन्त्रातमक व्यवस्था चलेको पाईन्छ तव हिन्दु संस्कृति र शास्त्रले प्रभाव पारेको देखिन्छ । राजाहरुले हिन्दु परम्परा र संस्कृतिहरु अगांलेको देखिन्छ । झन यी शास्त्रहरु आदिकारीक रुपमा एक दस्तावेजको रुपमा लेखियो झन यसको अनुशरण भव्य र सभ्य रुपमा प्रयोग गरेको पाईन्छ ।
देउसी भैलो खेल्नु भनेको कुनै समुदाय जसलाई बर्षभरि काम गरेर खान नपुग्ने समुदाय थियो उसको आर्थिक सामाजिक जिविकोपार्जन गर्नको लागि पनि यो परम्परा चलेको देखिन्छ ।
तिहारलाई रमाइलो गर्नको लागि देउसी भैलो खेल्ने गरेको पाईन्छ । यो परम्परालाई एक मावशास्त्रिय तथा समाजशास्त्रिय रुपबाट देउसी भैलो खेल्नु भनेको कुनै समुदाय जसलाई बर्षभरि काम गरेर खान नपुग्ने समुदाय थियो उसको आर्थिक सामाजिक जिविकोपार्जन गर्नको लागि पनि यो परम्परा चलेको देखिन्छ । जब समाजमा बर्षभरि लगाएको धानबालि मंसिरमा भित्र्याएपछि समाज पनि अनाजबाट धनधान्य हुन्छ । देउसी भैलौ खेल्नेलाई दान गर्दछ । यो एक मानवीय आवश्यकता पुरा गर्नु हो ।समुदायले यता देउसी भैलौ खेल्नेले पनि रातभरि उनीहरुको घरआँगनमा नाँचगान गरि, रमाइलो गर्दे, आषिश दिँदै घरको इज्जत तथा रौनक बढाएका हुन्छन । देउसी भैलो खेल्दा धान, चामल दक्षिणा दिनको लागि अनुरोध गर्दछन र त्यो कालरात्रीको दिन देउसी भैलो खेल्दा भागेका अनुभवहरु भन्दै दान दक्षिण माग्ने गर्दछन ।
दान गरेबापत आशिष पनि दिने गर्दछ जसले दान दिनेको पनि मन प्रसन्न भएर जाओस भन्ने एक सामाजिक मनोवैज्ञानिक विश्वास छ । देउसी भैलोबाट उठेको अनाजबाट बनभोज खाने परम्परा पनि छ । यो परम्परा कुनै राजा महाराजाले नपठाईकन समाजमा भएका रसरङ्ग नाँचगानमा रमाउने व्यक्तीहरुको समुदायबाट बनेको परम्परा हो भन्न सकिन्छ । मानिसले कसैको घरमा गएर केही माग्नको लागि नाँच्ने गाँउनेले सृजना गरेका शव्दहरु हुन् । यो पूर्ण रुपमा समाजबाट सृजित सामाजिक सृजना हो । यो एकदम व्यवहारिका साथै अनुभाविक रुपमा प्रस्तुत भएका शव्दहरु छन । जस्तो भन भन भाई हो , राम्ररी भन, कात्तिके दान, अँधेरी रात, रातो माटो, चिप्लो बाटो, लडदै र उठदै, घुरुक्कै मधुस, हरियो गोवरले लिपेको, भैलिनी आईन आँगन, गुन्यु चोलो मागन हे औसीको वार गाई तिहार भैलो, जतिमा दान उतीमा पुण्य, जसले दिन्छ मुरी उसको सुनको धुरी, यो घरकी छोरीमा कस्ती, चन्द्रमा जस्ती, यो घरका छोरामा कस्ता, सुर्यमा जस्ता, यसरी ऐश्वर्य धन र शभ्य, शालिनतासँग जोडेर देउसिरे भाइहरुले दान दिनेलाई धेरै नै अशिष दिएका हुन्छन । जसले सामाजिक सांकेतिक रुपमा त्यो घरको फलोस फुलोस भन्ने सुख, ऐश्वर्य आरोग्य सँग सम्वन्धित छ भने दान दिनु भनेको धर्म पनि हो भन्ने कुरा हिन्दु शास्त्रमा आश्रित हाम्रो नेपाली समाजमा शास्त्र पुराण र मनुस्मितीको अनुशरण गरेर पनि दान दिने परम्परा चलेको हो ।
तपः परं कृतयुगे त्रेतायां ज्ञानमुच्यते ।
द्धापरे यज्ञमेवाहुर्दानमेकं कलौ युगे ।। ८६।। (मनुस्मृति, अध्याय १, पृष्ठ, ११)
अर्थात सत्ययुगमा तपस्या, त्रेतामा ज्ञान, द्धापरमा यज्ञ र कलियुगमा दानलाई धर्म शास्त्रमा उल्लेख भए अनुसार बर्षभरिको मेहनतबाट उत्पादन गरेको कात्तिके, कालो महिनामा दान गरेको खण्डमा आफ्नो घरपरिवारको भलो हुन्छ । दान दिनु राम्रो हुन्छ भन्ने सामाजिक मान्यता पनि छ ।
अब आएर यो परम्परा कसले चलायो भन्ने सम्बन्धमा नेपाली समाजमा मतभेद बाझिएको छ । यसमा धेरै विद्धानहरको आ आफ्नौ मत र धारणसँग यो देउसी भैलो खेल्ने परम्परालाई जोडिएको छ । जस्तो हामी त्यसै आएनौ बलिमा राजाले पठाएका “यि बलि राजा धेरै दानी थिए र दानी राजाले पठाएका भन्दा दान दिनलाई झन धेरै उत्साहित होस भन्नाले यि बलिराजका नाम लिएको चाँही हुनु पर्छ । उसले पठाएका् भन्दा आफ्नो देउसी भैलो खेल्नेलाई बढि दान, चन्दा मिलोस भन्ने भाव देउसी भैलो खेल्नेमा देखिन्छ । प्रो डा. जगमान गुरुङ्गको भनाई अनुसार- बाईसेराजा जुम्लाका बलिराजाले देवदास र देवदासीहरुलाई माग्न पठाउनुको प्रँसग जोडिएको छ । देवदास र देवदासीहरुले खेल्ने देउसी भैलो हो । कात्तिके महिनामा अँधेरी रातमा खेलीने उनीहरुलाई देउसी भैलो खेल्न पठाईएको हो यसको सम्वन्ध जिविकापार्जोन गर्नको लागि उनीहरुलाई देउसी भैली खेल्न पठाएको हो भन्ने भनाई छ । गोपाल शिवाकोटीका अनुसार : इतिहासमा जुम्लाका राजा कल्याल वंशी बलिराज शाहीले राज्य प्राप्त गरेको उपलक्ष्यमा भैलो र देउसीको प्रचलन तेह्रौ शताव्दीमा शुरु गरेका मानिन्छ भनेका छन भने उनको आफ्नै मगर जातिको इतिहासमा फेरी बि.स. १४ औं शताव्दीमा मगरात पाल्पा क्षेत्रमा बलिहाङ्ग नामका एक अति शक्तिशाली राजा थिए । उनको आफ्नो सुरक्षाको लागि चार हजार निवासी सैनिकको व्यवस्था गरेका थिए । यो पर्वमा पनि कथा जोडिएको छ । राजा वलिहाङ्ग सिकिस्त बिरामी भएका अवस्थामा उनका प्रजाले राजाको दीर्घायुका कामना गर्दै रातभर नाचगान र प्रार्थना गरेपछि सञ्चो भएको थियो । उनीहरुले नाँचगान गर्दा राजालाई दिर्घायु गर भन्दै फलाकेर देउसी भैलो खेलेका थिए (शिवाकोटी, गोपालप्रसाद, २०७५) ।
मगर समुदायका अध्ययनकर्ता वा लेखकहरुको पनि तिहारमा खेलिने देउसी भैलो मगर राजा वलिहाङ्ग राजाको सामाजिक कथाको सन्दर्भ जोडेका छन “मगरातका राजा वलिहाङ्ग राजा संग पनि सम्बन्धित छ । वलिहाङ्ग राजा एकदम धर्मात्मा थिए । उनी धेरै समय पूजापाठमा विताउथे । राजकाज भन्दा पनि उनी ध्यान र तपस्यामा हुन्थे । हिन्दु धर्म दर्शन र सभ्यता पनि हो । यो सनातन धर्म हो । द दाजलिङ्ग क्रोनिकल वेवपेजमा : भैलेनी पुर्बिय सभ्यताको एउटा अंश हो । राजा ध्यानमा रहेका बेला छिमेकी देशका सेनाले लिम्बुवानमाथि आक्रमण गर्यो । मगर सेनाले त्यो आक्रमण्लाई पराजित गरे तर त्यो कुरा बलिलाई थाहा थिएन शत्रुका सेना मारेपछि मगर सेना “देउसुरे फाईलो, देउसुरे फाइलो” भन्दै खुसीले कराउन थाले त्यसबेलाको स्थानीय भाषामा देउसुरेको अर्थ “हामीले” हुन्छ र फाइलोको अर्थ “बचायौ” हुन्छ । उनीहरु यसरी कराउँदै आएपछि वलिहाङ्ग राजाले सोधे के भएको सबै घटना थाह पाएपछि राजाले यो सन्देश देशै भरि फैलाउ भन्दा देउसुरे फाईलो भन्दै हिडे प्रस्तुत गरिएको छ । विकिपिडियामा पनि : वलिहाङ्ग राजालाई कार्तिक कृष्ण औंशिको दिन यमराजले दुत पठाउने जानहारी पाए। यिनले यो खवर आफ्नो ज्योतिषलाई भने ज्योतिषका सल्लाह अनुसार त्यो औशीको रातमा देउसी खेल्न आफ्ना दुतहरु पठाउ । यसरी जम्मा भएका देउसी भैलो गर्दा यमदूतले बिर्से ।” यसैको सम्झनामा हरेक पर्वमा देउसी खेल्ने चलन चलेको हो, यसरी वलिहाङ्ग राजाले यो परम्परा चलाएको हो भन्नेमा धेरै लेखहरु मगर विज्ञबाट लेखिएको छ । यिनलाई कसैले किरातका राजा पनि भनेका छन । यसरी आ-आफ्नो तरिकाले परिभाषा गरिएको छ ।
विरोचनपुत्र वलि शत्यवादीमा सवभन्दा श्रेष्ठ थिए भने उनको पिता विरोचन पनि इन्द्रलाई आफ्नो टाउको काटेर दान दिएका थिए ।
यो समाजमा देउसी भैलोलाई टाढाबाठाले मात्र आफ्नो अनुसरण गरिएको जस्तो भान हुन्छ । नेपाली समाजमा कुनै पनि काम गर्दा हिन्दु धर्मानुसार अनुशरण गरिएको छ । समाजमा कथा, कविता पनि शास्त्र पुराणमा लेखिएका नै नेपाली समाजमा अझै पनि पाईन्छ । जसकारण पनि यो देउसी भैलो खेल्ने परम्परा यी राजाको समयभन्दा धेरै पहिले देखिनै चल्दै आएको हो, हामी हिन्दू शास्त्रको पुराणमा वलिराजको दानको प्रशस्ती गुन गाएको पाउन सक्छौ । जसकारण वामनपुराण-विष्णुपुराण-स्कन्दपुराण अनुसार : बुद्धिवाल विरोचनपुत्र आफ्नो गुरु शुक्राचार्य सँग भने : भगवान स्वर्गका राजा ईन्द्रलाई कसरी अधिनमा लिन सकिन्छ भने पछि शुक्रराजले विश्वजित नामक यज्ञ गर्ने सल्लाह दिन्छन । बलिका हृदय ठुलो थियो उनी राजा वलिराजा एकदम दानी थिए । उनले ऋषि, अप्सरा, गन्धर्व, किन्नर, नाग तथा असुर समुदाय सबै समुदायमा दानको दृस्टीले सबै भन्दा दानी बन्दछन उनलाई पनि इन्द्र भन्दा बढि पुज्न शुरु गर्दछन । जो जे कामनाको इच्छा गर्दछन त्यही त्यही उनले दान गर्दछन । विरोचन पुत्र वलिले पनि पुर्वजन्मको कसैको दानी कर्म लिएर आएका हुन्छन । प्राणीको आफ्नो शक्तिको अनुसार जे दान दिन सकिन्छ त्यही दान नै दान मानिन्छ । तिनै लोका दान भन्दा ठुलो कुनै बस्तु हुदैन । तिनै दानी महायश्वस्वी वलिको नामबाट प्रख्यात भए । विरोचनपुत्र वलि शत्यवादीमा सवभन्दा श्रेष्ठ थिए भने उनको पिता विरोचन पनि इन्द्रलाई आफ्नो टाउको काटेर दान दिएका थिए । देवताको अनुरुप विष्णु भगवानले वामन रुप धारण गरि बलिको समक्ष गएर भन्दछन : तिमी ठुलो दानी मानव हौ तिमी तिन लोकमा अधिक दान गर्ने दाता हौ तिम्रो तिन लोकमा नै दानी भनेर कहलिएका छौ । जसकारण मलाई तिन पाउ भुमी देउ भनि माग्दछन। उनका गूरु शुक्रचार्यको आदेश नमानेर बलिले भनेका झन कि यि ब्राम्हणरुपी धारण बिष्णुको दान दिन्छु यिनी सम्पूर्ण जगतका स्वामी हुन । यिनी नै सबभन्दा उत्तम पात्र हुन दान दिनका लागि भनी भुमी दान गर्नका लागि उद्दत भए । यसरी आकाश पातल तिनलोक दिदा पनि आफ्नो दान दिने केही नभएपछि आफ्नो शिर छाति पनि दान दिन सक्ने राज बलि थिए । यसकारण वलि राजालाई नै देउसी भैलोमा उद्दोत्त गरेका हुन भन्दा यसको अलि नजिक पुग्न सकिन्छ । समयकालममा लेखिएका यि पुराण शास्त्रमा लेखिएको हुँदा यहि पुराणमा सुनिएको भनिएकोआधारमा देउसी भैलो ले कसले पठाको भन्दा तिनै लोकका सवैश्रेष्ठ दानी राजा वलिराजाले पठाएको भन्ने उद्धत नै ठिक हो भन्ने एकिन गर्न सकिन्छ।
यहाँ बलिराजाइ इतिहास तेह्रो शताव्दि त्यति सान्दर्भकि देखिदैन १५ शताव्दिको शुरुवातमा जागती वर्मनले (मेदनी वर्मन) यिनलाई दाईजोको रुपमा राज्य दिएका थिए । यदि बलिराजालाई दानी वा शक्तिशाली मान्ने हो भने उनलाई दान दिन जागती वर्मन (मेदनीवर्मन) उनी भन्दा धेरै नै दानी राजा र शक्तिशाली पनि थिए । किन बलिराजा प्रशस्ति गाईन तर मेदनीको त जनताले गाएका थिए “धन्य धन्य मेदनि बम्ब धन्य तम्रो हियो । सात दिनको हिंड्न्या बाटो दातव्यमा दियो” । मेदनिले आफ्नो जुवाई बलिराजालाई दिएकोमा सम्पतीको बारेमा गित गाउने अझै पनि प्रचलन छ । सायद त्यो समयमा हो भने त वलिराज भन्दा दानीमा त मेदनी वम्व थिए र शक्तिशालीमा उनी भन्दा मेदनी नै थिए । के त्यो जुम्ली क्षेत्रमा खेल्ने परम्परा मात्र थियो । यहाँ पश्न चिन्ह खडा हुन्छ । त्यो राज्य तथा नगिच नगिच नै छ । द यता पाल्पाका राजा वलिहाङ्ग राजाले चलाएको देउसी पर्व हो भने नेपाली समाजमा उनको चर्चा परिचर्चा नै छैन सायद मगर समाजमा मात्र होला जसरकाण पनि के भन्न सकिन्छ भने यो परम्परा यि राजा भन्दा पहिले देखि नै चलेको चलन हो । देउसी भैलो खेल्ने भाईहरुले शास्त्रका तिनलोकका महादानी राजा प्रल्हादका नाती विरोचनका छोरा राजा वलिको नाम लिएर नै देउसी भैलोमा माग्ने परम्परा चलेका हो यि दुवै वलिराजाको नाम लिएका देउसी भैलो खेलिएको चाँही पक्का पनि होइन । शास्त्रको अनुहरण गरिएको हो ।
हाँ भैलो फाईलो भन्ने शव्दबाट आएका हो भन्ने भनाई छ यहाँ आ—आफ्नो जातित्वकोतथा आ—आफ्नो भाषाबाट पनि देउसी भैलोको परिभाषा गरेका छन ।
देउसी वा भैलो शव्दको कसरी व्युत्पन्न भयो भन्ने भनाईहरु पनि प्रशस्त छन । यहाँ भैलो फाईलो भन्ने शव्दबाट आएका हो भन्ने भनाई छ यहाँ आ—आफ्नो जातित्वकोतथा आ—आफ्नो भाषाबाट पनि देउसी भैलोको परिभाषा गरेका छन । तर एकचोटी नेपाली भाषामा नै आधारित भएको हेरौ । आजआएर भैली, देउसिरे लाई भैली राम, भैलो देऊसारै भन्ने प्रचलन पनि आएको छ । भैलौको नजिकको सम्वनध चाँही भलैहोस, भलैहो, भैलोहो भैलोभन्ने बाट अप्रभश भएर भैलो शव्द आएको हो पनि भन्न सकिन्छ । यता देउसिरे भन्ने शव्द पनि आज्ञार्थ शव्द सँग नजिक छ । देउशिरे, देउशिर, शिर देउ भन्ने शव्दसँग नजिक देखिन्छ । नेपाली शव्दलाई नै केलाउँदा यसको नजिक पुग्न सकिन्छ ।
निष्कर्ष:
तिहार पर्वको आफ्नै मौलिकता छ । यो पर्वमा देउसी भैलो खेल्ने परम्परामा व्यक्तीवादी र जातियवादमा लगेर जोडिनु हुँदैन । तिहारको उत्सव हाम्रो नेपाली समाजमा चल्दै आएको पुरानो परम्परालाई हामी नेपाली समाजले भुल्दै गईरहेका छौ । अहिले आएर तिहारलाई आधुनिकताले ओगटेको छ । जसले यो संस्कृतिमा विकृतिहरु ल्याएको छ । आज आएर काग, कुकुर, गाई, गोरु पुज्ने चलन घटदै गएको छ । शहरहरु शहरिकरणले गर्दा यि बस्तुहरु पाल्ने प्रचलन घटेको छ । गाईलाई लक्ष्मी पुजाको रुपमा कहाँ गएर मान्ने यसको समस्या आएको छ । हिन्दु धर्ममा गाईलाई माताको रुपमा मानिएको भएता पनि अहिले यो पुरातन सोचको आविश्कार हो भन्ने जनमत पनि बढेको छ । यो तिहार नेपाली समाजमा हिन्दु धर्मको प्रचार प्रसार हुँदै गएपछि हिन्दु धर्मशास्त्रसँग जोडिएर नेपाली समाजबाट सृजित परम्परा नै देउसी भैलो हो । यसको अझै मिहिनरुपमा अध्ययन गरिनु आवश्यक छ ।
दलिपकुमार मल्ल, पिएचडि
सामाजिक मनोवैज्ञानिक, समाजशास्त्री
सामाजिक विकास तथा पुनर्वास विज्ञ