नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकअल्मुताइरीले गरे तीन वर्षे सम्झौतामा हस्ताक्षर


लेखक : लेखापढी      १६ कार्तिक २०७८, मंगलवार १३:४५ मा प्रकाशित     
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकअल्मुताइरीले गरे तीन वर्षे सम्झौतामा हस्ताक्षर

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । अब उनी सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहनेछन् ।

साफ च्याम्पियनसिपअघि नेपाल छाडेका प्रशिक्षक गत साता नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि मंगलबार पत्रकार सम्मेलनकाे आयाेजना गरी उक्त सम्झाैताबारे जानकारी दिइएकाे हाे । पत्रकार सम्मेलनमा मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीका टिम व्यवस्थापक मधुसुदन उपाध्यायले नेपालको जर्सीसहित उनीसँग २०२४ सम्मका लागि सम्झौता भएको जानकारी दिए ।

नेपाली राष्ट्रिय टोलीसँगको नयाँ सम्झैतापछि आफू खुसी भएको बताउँदै अब्दुल्लाहले आफ्नो कार्ययोजना समेत पत्रकार सम्मलेनमार्फत पेस गरेका छन् ।

उनले अघि भने, ‘हामीले राम्रो फुटबलका लागि राम्रो वातावरण बनाउन छलफल गरेका छौं । धेरै कुरा अर्को महिला लिग सुरु भएपछि प्रष्ट हुनेछ ।’

50% LikesVS
50% Dislikes