कर्णालीमा मुख्यमन्त्री दाबी गर्न आज साँझ ७ः३० सम्म समय, कांग्रेसका जीवन शाहीले दाबी पेश गर्दै


लेखक : लेखापढी      १६ कार्तिक २०७८, मंगलवार १२:२९ मा प्रकाशित     
कर्णालीमा मुख्यमन्त्री दाबी गर्न आज साँझ ७ः३० सम्म समय, कांग्रेसका जीवन शाहीले दाबी पेश गर्दै

कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका हुन्। नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आज साँझ ७ः३० बजेसम्मको समय दिइएको छ।

नेपाली कांग्रेस प्रदेश सभा दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्न लागेका छन्। उनले आजै दिउँसोसम्म दावी पेश गर्ने तयारी छ।

माओवादीका महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेसका जीवन शाही नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् ।

माओवादी केन्द्र, कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच भएको सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने छन् ।

50% LikesVS
50% Dislikes