काठमाडौंबाट बाहिरिने यात्रुलाई यी पाँचस्थानमा आजबाट खोप दिन सुरू


लेखक : लेखापढी      १६ कार्तिक २०७८, मंगलवार १३:११ मा प्रकाशित     
काठमाडौंबाट बाहिरिने यात्रुलाई यी पाँचस्थानमा आजबाट खोप दिन सुरू

काठमाडाैंबाट बाहिरिने यात्रुका लागि कोरोना विरुद्धको खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले विहान ७ बजेदेखि बेलुकासम्म नै उपत्यकाबाट बाहिरिनेका लागि खोपको व्यवस्था गरिएको हाे ।

तिहारका लागि  घर जाने यात्रुहरूका लागि कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो । परिचयपत्र भएका १८ वर्षभन्दा माथिका सबैले अस्ट्राजेनेकाको खोप पाउने उहाँले बताउनुभयो ।

उहाँका अनुसार पहिलो र दोस्रो दुवै मात्रा खोप दिइनेछ । पहिलो मात्राको खोप लगाएकाले दोस्रो खोपका लागि खोप कार्ड अनिवार्य लैजानुपर्नेछ । यस्तै, अहिलेसम्म खोप नलगाएकाहरुलाई परिचय पत्रका आधारमा पहिलो डोज खोप दिइनेछ ।

100% LikesVS
0% Dislikes