प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा राजीनामा दिने


लेखक : लेखापढी      १५ कार्तिक २०७८, सोमबार १२:०८ मा प्रकाशित     
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा राजीनामा दिने

 प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार बस्ने प्रदेशसभा बैठकमा राजीनामा दिने भएका छन् । प्रदेशसभाको बैठक दिउँसो १२:३० बजे बस्न लागेको छ ।

प्रदेश सभा बैठकमा आज उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामबारे जानकारी गराएर राजीनामा दिने तयारी गरेका हुन् ।

 एमालेले गठबन्धन दल जसरी प्रदेश सांसदहरुलाई बन्धक बनाएर राख्न सक्दैन । त्यसैले विश्वासको मत नपाउने अवस्थामा विकल्प खोज्नुको विकल्प नरहने उनको भनाई थियो ।

कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय आइतबार नै गरिसकेको छ ।

50% LikesVS
50% Dislikes