कर्णाली प्रदेशका मुख्यमन्त्री शाही राजीनामा दिने तयारीमा


लेखक : लेखापढी      १५ कार्तिक २०७८, सोमबार १६:३४ मा प्रकाशित     
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही राजीनामा दिने तयारीमा

 कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीताकुमारी नेपालीका अनुसार मुख्यमन्त्री शाहीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सो बैठकबाट शाहीले राजीनामा दिने बताइएको छ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शाहीले पदबाट राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाही कर्णालीमा मुख्यमन्त्री बन्नेछन् । कांग्रेस र माओवादीबीच कर्णालीमा आलोपालो गर्ने सहमति भएको थियो ।

50% LikesVS
50% Dislikes