आचार्यको राजीनामा स्वीकृत, प्रदेश १ मा नयाँ सरकार बनाउन मंगलबार १ बजेसम्मको समय


लेखक : लेखापढी      १५ कार्तिक २०७८, सोमबार १६:२३ मा प्रकाशित     
आचार्यको राजीनामा स्वीकृत, प्रदेश १ मा नयाँ सरकार बनाउन मंगलबार १ बजेसम्मको समय

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । 

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख प्यासीले मंगलबार १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । 

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलले दिएको जानकारी अनुसार आचार्यको राजीनामा स्वीकृत गरे लगत्तै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन । 

मुख्यमन्त्रीको आह्वानपछि दलहरूले नयाँ सरकारका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । सोमबार सरकारका लागि दाबी पेश गर्न भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितको गठबन्धनका ५० सांसदले हस्ताक्षर संकलन गरेका थिए ।

50% LikesVS
50% Dislikes