ह्वाट्सएपमा देखिदैछ फेसबुकको ठाउँमा ‘मेटा’


ह्वाट्सएपमा देखिदैछ फेसबुकको ठाउँमा ‘मेटा’

काठमाडौं । फेसबुकले अघिल्लो सातामात्रै कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । यसअघिसम्म फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको मुख्य कम्पनी ‘फेसबुक ईंक’ को ठाउँमा “मेटा” देखिदैछ ।

सोहीअनुसार कम्पनीले इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप लगायतका प्रडक्टमा यसअघि देखिने फेसबुकको नामलाई परिवर्तन गरेर मेटा देखाउन सुरु गरेको छ ।

हालै ह्वाट्सएपको नयाँ बेटा भर्सन २.२१.२२०.१४ सार्वजनिक भएको छ ।

बेटा प्रयोगकर्ताका लागि उपलब्ध गराइएको उक्त भर्सनमा यसअघि ‘ह्वाट्सएप फ्रम फेसबुक’ भएको ठाउँमा ‘ह्वाट्सएप फ्रम मेटा’ देखिन्छ ।

यसका साथै एपको भित्री सेटिङमा देखिने फेसबुकसमेत हटाइएको छ ।