टी–ट्वान्टी विश्वकप: श्रीलंकासँग दोस्रोपटक भिड्दै बंगलादेश


लेखक : लेखापढी      ७ कार्तिक २०७८, आईतवार १४:४७ मा प्रकाशित     
टी–ट्वान्टी विश्वकप: श्रीलंकासँग दोस्रोपटक भिड्दै बंगलादेश

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत सुपर–१२ मा प्रवेशका लागि भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका श्रीलंका र बंगलादेश आज प्रतिस्पर्धा आमने–सामने हुँदै छन् ।

अहिले बंगलादेश र श्रीलंका दुवै टोली राम्रो लयमा छन् । वेस्ट इन्डिज र दक्षिण अफ्रिका पराजित भएपछि दुवै टोलीलाई आजको खेलमा जित निकाल्दै आफ्नो अघिल्लो चरण प्रवेश सम्भावना बलियो बनाउने मौका छ ।

समूह ‘बी’मा बंगलादेशले दुई खेलमा सहजै जित निकालेको थियो भने एक खेलमा पराजित भएको थियो । समूह ‘ए’मा तीनवटै खेलमा सहज जित निकालेको श्रीलंका उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

हालसम्म टी–ट्वान्टी विश्वकपमा एकपटक मात्र बंगलादेश र श्रीलंकाको भेट भएको छ । जसमा श्रीलंकाले बंगलादेशलाई हारएको थियो ।

तर, टी–ट्वान्टी अन्तर्राष्ट्रियमा भने दुई टोलीबीचमा ११ पटक भेट भएको छ । जसमा श्रीलंकाले सात खेलमा जित निकालेको छ । बंगलादेशले चार खेलमा जित निकाल्न सफल भएको छ ।

आज शारझा क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।

100% LikesVS
0% Dislikes