नेपालको प्रथम साइबर सेकुरिटी जर्नल प्रकाशन हुने


लेखक : लेखापढी      ५ कार्तिक २०७८, शुक्रबार १४:२५ मा प्रकाशित     
नेपालको प्रथम साइबर सेकुरिटी जर्नल प्रकाशन हुने

काठमाडाैं । साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन केन्द्र नेपाल (सीएसआरआई) र नेपाल कम्प्युटर इमर्जेन्सी रेस्पन्स टिम (एनपीसर्ट) को संयुक्त आयोजनामा नेपालकै प्रथम अन्तर्विषयक पियर रिभ्यू साइबर सेकुरिटी जर्नल प्रकाशन हुने भएको छ ।

बढ्दो अनलाइन कारोबार र सूचना प्रविधि क्षेत्रमा देखा परेका नविनतम सेवा सुविधा सँगसँगै थपिएका सांगठनिक, व्यावसायिक एवं राष्ट्रिय साइबर सुरक्षा चुनौतीहरुलाई अवसरमा बदल्न अनुसन्धानमार्फत नेपाललाई आवश्यक पर्ने साइबर सुरक्षा एवं प्रतिरक्षा  नीति, जनशक्ति, प्रविधि, व्यवस्थापकीय तथा कानुनी ज्ञान आवश्यक रहेकोले साइबर सेकुरिटी जर्नल प्रकाशन गर्न लागिएको जानकारी उक्त जर्नलका प्रधान सम्पादक डा. राजिब सुब्बाले दिए ।

जर्नलको मुख्य उद्देश्य साइबर सेकुरिटी एवं सूचना तथा संचार प्रविधि क्षेत्रमा कार्यरत बिज्ञ, जनशक्ति तथा विश्वविधालयका विद्यार्थीहरुलाई आफ्नो कार्य वा शोधपत्र प्रकाशन गर्ने, विज्ञहरुको पृष्ठपोषण लिने र शोधपत्र प्रशारण गर्ने फोरम प्रदान गर्नु रहेको जानकारी डा. सुब्बाले दिएका थिए । 

जर्नलमा सूचना प्रविधि क्षेत्रमा देखिएका जोखिम व्यवस्थापन, साइबर हाइजिन, साइबर सेकुरिटी रणनीति,  साइबर डिफेन्स, साइबर कानुन, साइबर आपत्कालीन रेस्पन्स  केन्द्र, डिजिटल फोरेन्सिक, सांगठनिक एवं व्यापार निरन्तरता र विपद उद्धरण, आइओटी, ब्लकचेन, विश्वका विकसित मुलुकका अभ्यासहरु आदि सम्बन्धमा अनुसन्धानमुलक लेख रचनाहरु  आह्वान गरिएको छ । 

नेपाल कम्प्युटर इमर्जेन्सी रेस्पन्स टिम (एनपीसर्ट) का अध्यक्ष एवं उक्त जर्नलका प्रबन्ध निर्देशक चिरन्जीवी अधिकारीका अनुसार त्रिभुवन विश्वविध्यालय मार्फत डिजिटल अब्जेक्ट पहिचान तथा आइएसएसनम्बर प्राप्त गरि आगामी छ महिना भित्र जर्नल प्रकाशन गरिने छ ।    
१२खरिबाट  

100% LikesVS
0% Dislikes