टी-ट्वान्टी विश्वकप क्रिकेट : श्रीलंकाको विजयी सुरुवात


लेखक : लेखापढी      २ कार्तिक २०७८, मंगलवार ०४:२३ मा प्रकाशित     
टी-ट्वान्टी विश्वकप क्रिकेट : श्रीलंकाको विजयी सुरुवात

काठमाठौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको खेलमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । 

सोमबार भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकटले हराएको हो । शेख जायद क्रिकेट स्टेडियममा नामिबियाले जितका लागि दिएको ९७ रनको लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १०० रन बनायो । 

श्रीलंकाका लागि भानुका राजपाक्साले सर्वाधिक ४२ रनको योगदान गरे । त्यस्तै अविस्का फर्नान्डोले ३० रन बनाउँदा कशल परेराले ११ रनको योगदान गरे । 

बलिङतर्फ नामिबियाका लागि रुवेन ट्रम्पेलमान, ब्रनार्ड स्होल्जा र जेजे स्मिथले समान एक–एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले १९ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै ९६ रन बनायो । 

नामिबियाका लागि कारिग विलियम्सले सर्वाधिक २९ रनको योगदान गरे । त्यस्तै ग्रहार्ड इरास्मुसले २० रन बनाउँदा जेजे स्मिथले १२ रन बनाए । त्यस बाहेकका ब्याट्स्म्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ श्रीलंकका लागि महेस थेस्कानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै लाहिरु कुमार र वानिन्दु हर्शरंगाले समान दुई–दुई विकेट लिए । श्रीलंकाका चामिका करुणारत्ने र दुश्मान्था कामेराले समान एक–एक विकेट लिए ।

जितसँगै प्रतियोगिताको समूह ‘ए’मा रहेको श्रीलंकाले २ अंक जोडेको छ । श्रीलंका तालिकाको शीर्ष स्थानमा छ । यता नामिबियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

100% LikesVS
0% Dislikes