महाकाली नदीमा खतराको संकेत; सतर्कता अपनाउन आग्रह


लेखक : लेखापढी      २ कार्तिक २०७८, मंगलवार ०४:४० मा प्रकाशित     
महाकाली नदीमा खतराको संकेत; सतर्कता अपनाउन आग्रह

काठमाडौं । महाकाली नदीले सतर्कता तह पार गरेको छ । सोमबार राति साढे ९ बजेको मापनअनुसार महाकाली नदी पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागले डडेलधुरा र कन्चनपुर जिल्लाका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा मंगलबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

“महाकाली नदी पारीगाँउ जल मापन केन्द्रमा नदीको जलसतह बढेर सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले डडेलधुरा र कन्चनपुर जिल्लाका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले भोलि बिहानसम्मै उच्च सतर्कता अपनाऔँ,” विभागले भनेको छ । 
-१२खरिबाट 

100% LikesVS
0% Dislikes