काठमाडौंमा गाडी चढ्न वित्तिकै १८ रुपैयाँ भाडा; आज देखि लागु


लेखक : लेखापढी      १ कार्तिक २०७८, सोमबार १४:४० मा प्रकाशित     
काठमाडौंमा गाडी चढ्न वित्तिकै १८ रुपैयाँ भाडा; आज देखि लागु

काठमाडौं । वाग्मती प्रदेश सरकारले बढाएको प्रदेश भित्रका सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागु भएको छ । वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागु हुने गरी गरेको निर्णय अनुसार नयाँ भाडादर लागु भएको हो ।  

मन्त्रालयले तोकेको भाडादर पाँच किलोमिटरमा यात्रा गर्ने यात्रुले १८ रुपैयाँ तिर्नुपर्नेछ । काठमाडौं उपत्यकामा पनि गाडी चढ्न बित्तिकै १८ रुपैयाँ तिर्नुपर्नेछ । 

·   १० किलोमिटरसम्म २३ रुपैयाँ , १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ,  २० किलोमिटरमाथि ३५ रुपैयाँ

100% LikesVS
0% Dislikes