शक्तिको उपासना पर्व दशै : हर्षोल्लास रुपमा मनाईदै आएको सामाजिक अभ्यास


लेखक : लेखापढी      २६ आश्विन २०७८, मंगलवार ०४:३४ मा प्रकाशित     
शक्तिको उपासना पर्व दशै : हर्षोल्लास रुपमा मनाईदै आएको सामाजिक अभ्यास

दशैं
वैदिक कालमा कठोर तपस्या पश्चात् दानव महिषासुर अत्यधिक शक्तिशाली भएपछि, उसको महत्वाकांक्षा चरमोत्कर्ष पुगेपछि देवताहरूको स्वर्ग नै कब्जा गर्न खोज्दा, महिषासुर दानवको बध गर्न उनीहरूमा भएको शक्ती एकिकृत गर्दा भगवान् शिव, विष्णु, ब्रह्माको मुखबाट एउटा यस्तो प्रकाशयुक्त वाणी आयो जसबाट दश हात भएकी एक शक्तिशाली युवती महिला हातमा हतियार लिएर प्रकट भइन् जसको शक्तिलाई नै दुर्गा नाम भनियो र ती दुर्गाले महिषासुर राक्षससँग नौ दिन नौ रातसम्म महिषासुरसँग लडेपछि दशौं दिनको आश्विन शुक्ल पक्षमा ती दुर्गाबाट राक्षस महिषासुर बध गरिएको हुँदा त्यसै दिनलाई विजयादशमीको रूपमा मान्ने चलन छ भन्ने हाम्रो समाजिक इतिहास छ भने अर्को तथ्य रामायणमा शास्त्रमा रामले रावणलाई परास्त गर्न दुर्गा भवानीको पूजा गरिरहँदा दशौ दिनमा विजय प्राप्त गरेको हुँदा उक्त दिन विजयादशमी मनाउने चलन चलेको भनाइ पनि हाम्रो सामाजमा इतिहास छ ।
कुलचन्द्र कोइरालाका अनुसार कतिपय पुराणमा दशैँको व्रत एवं दुर्गाको उपासना गरी वरदान प्राप्त गरी रावणलाई रामले मारेको कथा उल्लेख गरेका छन । यो दशैपर्व दुष्टहरूको नास, शत्रुको नास र सत्य र धर्मको विजयको रुपमा लिनु पर्दछ । यो एक सांकेतिक रुपमा अध्ययन वा अनुभव गर्दा यर्थाथताको नजिक पुग्न सकिन्छ ।

परापूर्वकालमा लडाईमा लडेका हतियार, खर–खजानालाई शक्तिको रूपमा कोटको स्थापना गरी पूजा गर्ने चलन थियो भन्ने कुरा हामी सबैले सुन्दै आएका छौ। दशैँको मुख्य महत्व शक्ति उपासना र विजयको अभिलाषासँग जोडिएको छ । विशेषतः दुर्गाले रावण महिषाशुरलाई, रामले रावणसँग विजय प्राप्त गरेको चन्द्रवंशीमा राजा अर्जुनले पनि महाभारत युद्धमा दुर्गाको आराधना गरेर लडाई जितेका थिए । यसैका प्रतिक स्वरुप विजया दशमी मनाईन्छ । यो हिन्दु संस्कारमा प्रतिकको रुपमा पुराण शास्त्र जस्तो रामायण, महाभारतमा देखाईएको एक सामाजिक चित्रण मात्र हो ।

हामी हिन्दु धर्मका पुराण कथा शास्त्र नमानिएता पनि यसले राम्रो दर्शन दिएको छ । कुनै पनि क्षत्रिय धर्मपालना गर्नेले देशको रक्षा सुरक्षा गर्नको लागि पनि शक्ति प्राप्तको लागि आराधना गर्नु देशको लागि एक आवश्यकता हो । यो शक्ति प्राप्तको शुरविर बनाउनको लागि पनि एक क्षत्रियलाई सुरक्षा र सुरविर बन्नको उत्प्रेरित गर्दछ । जसकारण पनि दुर्गा शक्तिको रुपमा आरधाना गर्ने पर्वमा दशै मनाई दुर्गालाई बलि चढाउने प्रथा चलेको हो ।

उपासना पर्व र समाजिक अभ्यास
दुर्गाले राक्षस प्रविद्ध महिसासुरलाई मारेको अन्यायको विरुद्ध, राम स्वयंले दुर्गाको उपासना गरी रावणमाथि विजय गरेको र राजा अर्जुनले पनि देविको आराधना गरि महाभारतको विजय प्राप्त गरेको धार्मीक सांस्कृतिक आधारमा नेपाली समाजमा पनि शासकहरूले शक्तिको उपासना गर्ने प्रचलन चलेको हो । यसमा कुनै दुईमत छैन । उक्त पर्वमा विजयादशमीमा हर्ष उल्लास वा विजय स्वरुप दशैँ मनाउन थालिएको बुझिन्छ । यो कहिले देखि शुरु भयो त्यो यकिन गर्न नसकिएता पनि जब देविको स्थापना गरियो जब शास्त्र लेखिएको र यसको महत्व र महिमा बुझियो त्यसपछि नै शक्तिको रुपमा पुज्न थालियो तब यसको व्यवस्थित रुपमा प्रचलन हुँदै आयो । यसको आधारमा शासकले शक्तिको उपासना गर्ने प्रचलन लिच्छविकालमा मुर्तीहरुको स्थापना भएको हो र झन मल्लकालमा तथा बाईसे चौविसेमा यसको बढी नै महत्व पाएको हो जुन कुरा नेपाली समाजको मूर्ति, अभिलेख र इतिहासले संकेत गरेका छन् । हरेक वर्ष दशैँमा विशेषतः दुर्गा पूजाको चर्चा हुने, सफलता वा विजयका लागि देवीको भाकल गर्ने र आफ्नो मनोकांक्षा पुग्ने जनविश्वास अनुसार नै यो पर्वको महत्व बढेर गएको हो । र
आम मानिसलाई जिज्ञासा हुन्छ, मर्यादा पुरुष रामले नै उपासना गरेकी दुर्गाको शक्ति कति होला ? धार्मीक गुरुको मान्यता छ “शिव नै शक्ति हुन् र शक्ति नै शिव हुन्” । यसमा पनि साँकेतिक सामाजिक अर्थ छ । त्यसकारण यसम पुराण, रामायण–महाभारत जस्ता पौराणिक सामाजिक साहित्यक सांकेतिक चित्रणलाई सम्मानका साथ अध्ययन गरिनु पर्दछ जहाँ केही कमजोरी छ भने सुधार पनि हुनु पर्दछ । महारभारतमा अर्जुनले विजयी प्राप्त गर्नको लागि पनि दुर्गा माताको भक्ती गरेको देखिन्छ । शक्ति दर्शन अथवा शैव दर्शनको प्रादुर्भाव भएपछि शक्तिको महिमा झनै बढ्यो र शिव शक्तिको अभिन्नता दर्शाउन शिवकै अनुरूप शिवा र पार्वतीलाई दुर्गाको रूप कल्पना गरिएको पनि पाईन्छ जसकारण उनलाई पहिलो दिनको दुर्गालाई शैलपुत्रि पनि भनिएको छ । त्यसैगरि व्रहम्चारी, चन्द्रघण्टा, कुशमुन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री नामबाट दुर्गाको पुजा गरिन्छ । यसको सांकेतिक अर्थ भनेको सृष्टि सञ्चालनमा अंह भूमिका हुने स्त्रीहरु नै शक्ति रुपका विभिन्न स्वरुप हुन् । दुर्गा, लक्ष्मी र सरस्वतीको रुपमा नारीको रुपमा देखिनु आजको शक्ति हो त्यहाँ पनि नारीको सम्मान गरिएको छ । यसरी पौराणिक कथामा आउने स्त्री पात्रहरुलाई पनि प्रकृति र सृष्टिको संकेत मानेर पनि दुर्गा शक्तीको पुजा गर्ने परम्परा चलेको हो ।

हिजो पुर्खाले शारीरिक र मानसिक रूपमा बलियो हुन पूजा, उपासना, अनुष्ठान विधि पत्ता लगाए । पछि मनोकांक्षा पूरा गर्न अर्थात् शक्तिमा पुग्नका लागि शासकहरूले देवीदेवताको उपासना गरेर मनोबल बढाउने सामाजिक अभ्यास गरे । त्यसमा नागरिक पनि सहभागी हुँदै आए । जस्तो हामी कहाँ मन्दिरहरूमा पूजा गर्ने, बलि चढाउने, मन्त्र भन्ने, मन्दिर वा मूर्ति बनाउने, मन्दिर बाहिर बाजा बजाउने फरक–फरक जाति वा समुदायका मानिस गर्दै आएका छन । यहाँ आएर यो दशै पर्व वा नेपाली समाजमा चलेका कुनै पनि पर्व जातित्व सँग जोडेर हेर्नु हुदैन । यहाँ असत्यको लागि सत्य, अन्याय विरुद्ध न्याय र अधर्मको विरुद्ध धर्मको विजय भएको रुपमा बुझी दुर्गा शक्तिको पुजा उपसना गर्ने परम्परा नेपाली समाजमा धेरै अगाडि देखि चलेको परम्परा हो । फलस्वरुप नेपाली समाजमा पूजा-आजा गर्ने, व्रत बस्ने फरक–फरक बहाना वा तरिकाबाट मानिसको मनोकांक्षा पुरा हुने परम्परा हो । यसमा शक्ति भनेको नै शासकहरूले सबै जनतामा सुशान्ति, स्वास्थ्य, सफलता, समृद्धिका लागि धार्मिक अनुष्ठान गरिएको यो सामाजिक अभ्यास हो ।

म्याग्दीको राखूमा दुर्गा भगवतिको मन्दिरलाई पनि एक शक्तिशालीको दुर्गाको रुपमा यो दशैंपिठ को रुपमा भव्य रुपमा मान्ने परम्परा छ । त्यहाँका चन्द्रवंशी ठकुरीको सामाजिक मनोविज्ञान दुर्गा देविको आराधना गरेर देशको रक्षा कवच बनेका क्षत्रिय ठकुरीहरु नवौ दिन नवौ रात्री सम्म आराधना गरि विजय प्राप्त भएपछि नवौ दिन दुर्गाको बलि चढाएपछि त्यही रातमा आफ्नो कुल पितृलाई सम्झना स्वरुप कुल पुजा गरे पछि दशौ दिनमा भव्य रुपमा विजयादशमी मनाउने परम्परा पनि धेरै पुरानो इतिहास छ ।

निस्कर्ष 
वास्तवमा मान्छेले आफू शक्तिमा रहन, सफलता हासिल गर्नकै लागि मनोकामना राखेको हुन्छ । आज हामीले यो बुझ्न आवश्यक छ कि कसैले पनि धार्मिक अनुष्ठानबाट शक्तिशाली भएर अर्कोमाथि शासन वा दमन गर्ने होइन । हो, धार्मिक अनुष्ठानले मनोबल बढ्न सक्छ, तर सबैलाई सुखी राख्नका लागि राज्यले नीति–नियम बनाएर कार्यान्वयन गर्नुपर्छ ।
हिन्दूहरूले दशैँमा आफूभन्दा ठूलाबडाबाट टीका ग्रहण गरेर विजय वा सफलताका लागि आशीर्वाद लिने, शक्तिपीठहरू, विशेषतः कोटहरूमा हातहतियार पूजा गर्ने, पशु बलि चढाउने, मीठो-मसिनो खाने र राम्रो लगाउने गरेको नेपालको सामाजिक इतिहास धेरै पुरानो अभ्यास हो । जहाँकी रावण पौलस्य ऋषीका सन्तान हुन यिन ब्रम्हाण हुन हाम्रो विरुद्ध विजय मनाईएको वा हामी शास्त्रिया मान्यता अनुसार ब्रम्हाणको काम के हो भन्ने पनि बुझ्नु आवश्यकता छ । यिनी जनजाती हुन हाम्रो विरुद्ध विजय मनाईएको हो हामीले यो दशै वहिष्कार गर्नु पर्दछ भन्ने होइन की सत्य, धर्मको, न्यायको विजय स्वरुप मनाईको चाँड विजया दशमी हो । एक समाजिक ऐतिहासिक धार्मीक रुपमा चित्रण गरिएको सामाजिक सांकेतिक चित्रण हो ।

हाम्रो नेपाली समाजमा अझै पनि आशिष दिन धार्मीक शास्त्रिय मान्याताको मन्त्रले फलोस फुलोसको भावना अभिप्ररित गरेको छ । सबैको भलो चाहने राम्रो संस्कारलाई अनुशरण गरौ ।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते

आयुर्द्रोणसुते श्रियोदशरथे शत्रुक्षयंराघवे।
ऐश्वर्यनहुषे गतिश्चपवने मानञ्चदुर्योधने।।
शौर्यशान्तनवे बलंहलधरे सत्यञ्चकुन्तीसुते।।
बिज्ञानेबिदुरे भवतिभवताम किर्तिस्चनारायणे


दलिपकुमार मल्ल, पिएचडि
सामाजिक मनोवैज्ञानिक, समाजशास्त्री
सामाजिक विकास तथा पुनर्वास विज्ञ

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •