नवनियुक्त मन्त्रीले शीतलनिवासमा लिए शपथ


नवनियुक्त मन्त्रीले शीतलनिवासमा लिए शपथ

काठमाडौँ- नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मन्त्रीहरुलाई शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिएसँगै मन्त्री भएकाहरुले सपथ लिएका हुन् । २५ सदस्यीय मन्त्रिपरिषदमा आज मन्त्री र राज्यमन्त्री गरी १९ जना थपिएका थिए ।