फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा समस्या; करिब ८ घण्टा पश्च्यात सुचारु


लेखक : लेखापढी      १९ आश्विन २०७८, मंगलवार ०५:०१ मा प्रकाशित     
फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा समस्या; करिब ८ घण्टा पश्च्यात सुचारु

काठमाडौं । चर्चित सामाजिक संजाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा समस्या आएको छ । सोमबार राति करिब साढे ९ बजेपछि चर्चित यी सामाजिक सञ्जालहरूमा समस्या देखिएको हो । नेपाल, भारतसहित विश्वका विभिन्न देशमा अचानक यी संजालहरु बन्द भएका थिए ।

 फेसबुकको स्वामित्व रहेको यी तीनवटै एप्समा समस्या देखिएको थियो ।

फेसबुकले आफ्नो वेबसाइटमा केही समस्या देखिएको र त्यसलाई समाधान गर्न आफूहरू लागिरहेको जानकारी दिएको छ ।

“माफ गर्नुहोला, केही समस्या देखिएको छ । हामीले यसमा काम गरिरहेका छौँ । चाँडै समस्याको समाधान हुनेछ,” फेसबुकले भनेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले विश्वभर नै यी तीनवटै एप्सले पूर्ण रूपमा काम गर्न छोडेको उल्लेख गरेका छन् । 

करिब ९ घण्टा समस्या देखिएर बन्द रहेका यी तीन वटै सामाजिक संजालहरु अहिले सुचारु भएका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •