युएई- नेपाल सेफ सोसाईटी युएईको तेस्रो अधिबेसन दुबई स्थित बरदुबई अस्टोरिया होटेलको एभरेस्ट क्लबमा भव्यता पुर्बक सम्पन्न भएको छ ।
समाजसेवी सिपि सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएनए युएईका कार्यबाहक अध्यक्ष निरन्जन सिलवाल बिशेष अतिथि हुनुहुन्थ्यो । कार्यक्रम संचालन सुरेन्द्र लामाले गर्नु भएको थियो । युएइमा अबस्थित बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो ।
संस्थाले बिगत ३ बर्ष देखि दुबईमा रहेका विभिन्न होटल एबं रेस्टुरेन्टहरुमा कार्यरत नेपाली सेफहरुलाई विभिन्न तालिम, खानाको गुणस्तर सम्बन्धि कार्यशाला एबं नेपाली खानाका अनेक परिकारहरुको प्रदर्शन र प्रचार गर्दै आएको छ ।
नेपाल सेफ सोसाइटी युएई विभिन्न सामाजिक सेवामुलक कार्यमा समेत अनेक सहयोग गर्दै आइरहेको छ । नेपालमा बाढी पिडित नेपालीहरुलाई बिपत्ति पर्दा होस वा नेपाली दाजुभाई तथा दिदि-बहिनी कोरोनाको चपेटामा पर्दा विभिन्न खाध सामग्री सहयोग गरेको थियो । कोरोना संक्रमणका कारण लकडाउन हुदा काठमान्डौ खुल्लामंचमा विभिन्न खाध सामग्री वितरण गरि सहयोग गर्दै आएको छ । युएइमा अबस्थित उक्त संस्थाले एनआरएन संग समेत समन्यवय गरि विभिन्न सामाजिक सहयोग कार्यक्रम गर्दै आएको छ ।
नेपाल सेफ सोसाइटी युएइको अधिबेशन द्वारा नयाँ कार्यसमितिमा अरुण अधिकारी अध्यक्ष, उद्दब श्रेष्ठ वरिष्ठ उपाध्यक्ष, राजकुमार गिरि र टोम खनाल उपाध्यक्ष, दिपक कार्की महासचिव, चेतप्रसाद अधिकारि(अनिल) सचीव, कुमार तिमिल्सिना कोषाध्यक्ष साथै श्याम अमगाई बरिस्ट सल्लाहकार र लाल तामाङ सल्लाहकारमा सर्बसम्मत चयन भएका छन् ।