राष्ट्रिय स्वाधीनताको निम्ति नयाँ ढंगले राजासँग मिलेर जानुको विकल्प छैन: मोहन वैद्य


लेखक : लेखापढी      १६ आश्विन २०७८, शनिबार १४:३४ मा प्रकाशित     
राष्ट्रिय स्वाधीनताको निम्ति नयाँ ढंगले राजासँग मिलेर जानुको विकल्प छैन: मोहन वैद्य

काठमाडौं । नेपालको माओवादी आन्दोलनका वैचारिक नेता भनेर चिनिने मोहन वैद्यले राजतन्त्र पर्काउनुपर्नेमा जोड दिएका छन ।

एक टेलिभिजनसंग अन्तर्वार्ताका क्रममा नेता वैद्यले पूर्व राजा ज्ञानेन्द्रले नयाँ ढंगले सोचे भने राजतन्त्र फर्काउन आवश्यक रहेको बताएका हुन ।

देशको राष्ट्रियता र स्वाधीनता खतरामा परेको भन्दै नेता मोहन वैद्यले राजतन्त्र फर्काउनुपर्ने तर्क गरेका छन ।

अहिले राजा छैन, एउटा शक्ति चाँहि छ । तर त्यो शक्ति नयाँ किसिमले आएमा सहकार्य गर्ने इच्छा वैद्यले राखेका छन ।

कम्बोडीयामा पनि नरोद्दम सिंहानुकले कम्युनिष्टहरुसंग मिलेर गएको उनले उदाहरण दिए । नेपालमा पनि ज्ञानेन्द्रले त्यसरी आएमा पुरानै पूर्वाग्रह नबस्ने उनको जिकिर छ ।

नयाँ परिस्थिथि अनुसार जानुपर्यो । देशको रक्षा संसदवादीबाट सम्भव छैन । साँच्चिकै देशको रक्षा गर्ने हो भने देशभक्त र कम्युनिष्टहरु एक भएर जाउँ भने त्यसपछि सोच्न सहिन्छ, उनले भने ।

पछिल्लो समयमा जनमतसंग्रहको माग गर्दै विप्लव नेतृत्व नेकपाले माग उठाउँदै आएपछि वैद्यहरुले विप्लवसंग संयुक्त मोर्चा निर्माण गरेका छन । वैद्यको यो अभिव्यक्ति विप्लवको रणनीति भएको समेत विश्लेषण हुन थालेको छ ।

संसदीय व्यवस्थाको विकल्पमा अगाडि जानुको साटो फेरी संवैधानिक राजतन्त्रको वकालत गर्ने अवस्थामा वैद्य पुगेको भन्दै उनको व्यापक आलोचना हुन थालेको छ ।

वैद्यले ज्ञानेन्द्र मात्रै सामन्तवाद नभएको समेत बताए । सामन्त त अरु पनि रहेको उनको तर्क छ । विगतमा सामन्तवादसंग प्रमुख अन्तरविरोध रहेको भन्दै माओवादीले जनयुद्ध शुरु गरेको थियो । वैद्यले भने राजतन्त्र मात्रै सामन्तवादको प्रतिक नभएको नयाँ तर्क अघि सारेका हुन ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •