अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा नेपाल टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्दै


लेखक : लेखापढी      १५ आश्विन २०७८, शुक्रबार ०१:२१ मा प्रकाशित     
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा नेपाल टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्दै

काठमाडौँ- संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ । सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क रुपमा प्रदान गरिने छ ।

यस सिममा १० रुपैयाँ व्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ । 

नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरुबाट ज्येष्ठ नागरिकहरुले यो सुविधाको उपयोग गर्न सक्नेछन् । यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र (जस्तै–नागरिकता प्रमाणपत्र, जेष्ठ नागरिकको परिचयपत्र)को प्रतिलिपी संलग्न गर्नुपर्ने नेपाल टेलिकमलले जनाएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •