केटाकेटी अनलाइनमा कार्यरत दृष्टिविहीन पत्रकार सरिता अर्याल पुरस्कृत


लेखक : लेखापढी      १४ आश्विन २०७८, बिहीबार ०४:५३ मा प्रकाशित     
केटाकेटी अनलाइनमा कार्यरत दृष्टिविहीन पत्रकार सरिता अर्याल पुरस्कृत

काठमाडौँ- केटाकेटी अनलाइन बालपत्रिकामा कार्यरत दृष्टिविहीन पत्रकार सरिता अर्याललाई यस वर्षको दुर्गादेवी चन्द्रनाथ बालसाहित्य प्रवर्धन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

बालसाहित्य लेखक कार्तिकेय घिमिरेका मातापिताको स्मृतिमा दाजुहरु मदन घिमिरे, पुरुषोत्तम घिमिरे र भाइ शशी घिमिरेसहित समस्त घिमिरे परिवारको सौजन्य सहयोगमा स्थापित यस पुरस्कार पत्रकार सरिता अर्यालले इन्टरनेटमा रमाउने दृष्टिविहीन लगायत सबै बालबालिकाका लागि उपयोगी पहुँचयुक्त सुन्ने र हेर्ने १२३ वटा बालसाहित्य सामग्री उत्पादन र प्रसारण गरी विशेष योगदान गरेकाले यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत प्रतिभालाई नगद रु १० हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

पत्रकार सरिता अर्याल विगत २ वर्षदेखि केटाकेटी अनलाइन युट्युब च्यानल बालपत्रिकामा कार्यरत पत्रकार हुन् । आफू दृष्टिविहीन भएर दृष्टिविहीनका लागि अडियो किताब र नेपाली भाषामा जीवन उपयोगी सूचना सामग्रीको महत्व असाध्यै धेरै हुने भएकाले आफू यस कार्यमा क्रियाशील भएको उनी बताउँछिन् ।

अंग्रेजी विषय लिएर स्नातक तेस्रो वर्षमा अध्ययनरत अर्याल कीर्तिपुरस्थित सहिद स्मारक कलेजमा पढ्छिन्। उनको स्थायीय घर सुर्खेतमा हो । फरक क्षमताको युवा प्रतिभालाई हौसला प्रदान गर्ने लक्ष्यका साथ स्थापित यस पुरस्कारले आफ्नी छोरीलाई निकै हौसला मिलेको सरिताका आमा देवी र बुवा मेघराज अर्यालले भिडियो सन्देश मार्फत बताए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •