जबजको सान्दर्भिकता सकिएको छैन: एमालेको निष्कर्ष


लेखक : लेखापढी      १२ आश्विन २०७८, मंगलवार ०३:४३ मा प्रकाशित     
जबजको सान्दर्भिकता सकिएको छैन: एमालेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले यसअघि भएका क्रान्तीको उपलब्धीलाई सुदृढ गर्दै समाजवादको दिशामा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । आज बसेको स्थायी कमिटी बैठकले जनताको बहुदलीय जनबाद (जबज) को सान्दर्भिकता कायमै रहेको निष्कर्ष पनि निकालेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 

“जनताको बहुदलीय जनवादको मार्ग निर्देशनमा आजसम्मका यी क्रान्ति सम्पन्न भएका छन् । बहुदलीय जनवादको सान्दर्भिकता यसले पुष्टि गरेको छ । यसको सान्दर्भिकता कायम छ सकिएको छैन् । किनभने मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रस्तुत गरिरहँदा समाजवादमा जाने तीन वटा चरण भन्नुभएको छ,” उनले भने,“एउटा पुरानो अवशेषलाई समाप्त गर्ने, दोस्रो जनवादी व्यवस्थाको सुदिृढीकरण गर्ने, तेस्रो सामाजिक, सांस्कृतिक ढङ्गले समाजवादमा रूपान्तरण गर्ने चरण भन्नुभएको छ। त्यसैले यो चरण भनेको गएका क्रान्तिहरुले प्राप्त गरेको उपब्धीलाई सुदृढ गर्ने चरण हो । त्यसलाई सुदृढ गर्दै समाजवादको दिशामा बढ्ने हाम्रो निष्कर्ष हो ।” 

समाजवादमा जाने विषयमा थप छलफल गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएको उनले बताए ।

त्यस्तै एमालेको कार्यभार एकीकृत कम्युनिस्ट पार्टी बनाउने भएको र एकीकृत कम्युनिस्ट पार्टी बनाउनुपर्ने दिशामा अघि बढ्नुपर्ने कार्यभार रहेको उनले बताए ।
१२खरी बाट 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •