मैले चुनाव अघि नै चिनेको हो


लेखक : लेखापढी      ९ आश्विन २०७८, शनिबार ०५:०४ मा प्रकाशित     
मैले चुनाव अघि नै चिनेको हो

आउ नेपाली युवा, आउ मलाई  चुनाव  जिताउ,
समाजको भलो-कुभलो  आफैले चिताउ।
म तिमीहरूलाई  दारू, चिउरा मासु र पैसा दिन्छु,
तिम्रो भएको खुसी किस्ता-किस्तामा खोसी लिन्छु।

म तिमीलाई  विदेशी डलरमा बिक्ने बनाउछु,
युवा वर्गको ससंदमा प्रतिनिधित्व जनाउछु।
१०-२०करोड ऋण गरि, खर्च गरेर चुनाव जित्छु र,
तिमीहरूले पठाएको रेमिटेन्सले देश चलाउछु।
भष्टचार गर्दिन,अकुत सम्पत्ति र ठुला महल मात्र ठड्याउछु,
मेरा पनि छोरा-छोरि छन, तिनीहरूलाई अमेरिका, वेलायत पढाउछु।
सके श्रीमतिलाई पनि मन्त्री/राजदुत बनाउछु,

नभए स्वघोषित समाजसेवी हो भन्ने सम्म जनाउछु।।

तिमीले मसगँ कुनै  गुनासो नगर्नु हेर नेपाली  युवाहरू,
मैले तिमीसगँ भोट, मासु, चिउरा र पैसामा किनेको हो।
तिमी मलाई अहिले नराम्रो, घुषिया भन्छौ भने ठिकै छ र म त्यो  सहौला,
म भन्दा नराम्रो, घुषिया तिमी थियौ, मैले चुनाव अघि नै चिनेको हो ।


✍️ एकल यात्री (बद्री  प्रयास)

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •