चीनले सबै क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा


लेखक : लेखापढी      ९ आश्विन २०७८, शनिबार ०२:५३ मा प्रकाशित     
चीनले सबै क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा

बीबीसी । चीनले सबै प्रकारका क्रिप्टो–करेन्सी कारोबारलाई अवैध घोषणा गरेको छ । चीनको केन्द्रीय बैंकले बिटक्वाइनजस्ता डिजिटल टोकनलाई प्रभावकारी रूपमा प्रतिबन्ध लगाउँदै क्रिप्टो–करेन्सीका सबै प्रकारका कारोबारलाई गैरकानूनी घोषणा गरेको हो ।

“भर्चुअल मुद्रा सम्बन्धी व्यवसायिक क्रियाकलापहरू गैरकानूनी वित्तीय क्रियाकलाप हुन्,” द पिपल्स ब्याङ्क अफ चाइनाले चेतावनी दिँदै भनेको छ, “यसले जनताको सम्पत्तिको सुरक्षालाई गम्भीर खतरामा पार्छ ।”

चीन विश्वको सबैभन्दा ठूलो क्रिप्टो–करेन्सी बजारमध्ये एक हो । त्यहाँको उतारचढावले प्राय विश्वको क्रिप्टोकरेन्सीको मूल्यलाई प्रभाव पार्दछ ।

चिनियाँ घोषणापछि बिटक्वाइनको मूल्य दुई हजार डलरभन्दा बढीले खस्किएको छ ।
चीनले क्रिप्टो–करेन्सीको व्यापारलाई २०१९ देखि आधिकारीक रूपमा प्रतिबन्ध गरेको हो, तर निरन्तर अनलाइनमाफर्त् विदेशी विनिमय हुँदै आएको छ ।

शुक्रवार केन्द्रीय ब्याङ्कले गरेको घोषणाबाट चीनले क्रिप्टोकरेन्सीसम्बन्धी सबै स्वरूपका कारोबार बन्द गर्न चाहेको स्पष्ट सङ्केत गरेको बताइएको छ।

“अवैध आर्थिक गतिविधिमा संलग्नहरू”ले अपराध गरिरहेको र उनीहरूमाथि कारबाही गरिने केन्द्रीय ब्याङ्कको घोषणाले स्पष्ट पारेको छ।

 क्रिप्टोकरेन्सीसम्बन्धी सेवाहरू चिनियाँ नागरिकहरूलाई उपलब्ध गराउने विदेशी वेबसाइटहरूको काम समेत अवैध भएको पनि चिनियाँ केन्द्रीय ब्याङ्कले भनेको छ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •