काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले क्यापटेन विवेक थापासँग ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी हुन् ।
खुम्बुमा गएर विवेकले उनलाई औँठी लगाइदिएका हुन् ।
विवेकले गायिका जोशीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ ।
इन्गेजमेन्ट भिडियो क्याप्टेन विवेकको टिकटक अकाउन्ट मार्फत सार्वजनिक भएको देखिन्छ ।