नेपाल सेफ सोसाइटी युएईको तेस्रो अधिबेशन मिति घोषणा


लेखक : लेखापढी      ५ आश्विन २०७८, मंगलवार ०६:०२ मा प्रकाशित     
नेपाल सेफ सोसाइटी युएईको तेस्रो अधिबेशन मिति घोषणा

युएई- नेपाल सेफ सोसाइटी युएईले संस्थाको तेस्रो अधिबेशन गर्ने भएको छ । यहि अक्टुबर ४ तारिक बरदुबई स्थित  अस्टोरिया होटेलको एभरेस्ट क्लबमा मा तेस्रो अधिबेशन हुने कार्यक्रम तय गरिएको छ ।

अहिले युएईमा कार्यरत सेफहरुलाई धमाधम आबद्ध तथा स्वागत गर्ने कार्य अघि बढी रहेको साथै नेपाल सेफ सोसाइटीले सबै सेफहरुलाई संस्थामा आबद्ध हुन आह्वान पनि गरिरहेको संस्थाका अधिबेसन प्रतिनिधि एबं संयोजक दिपक कार्कीले जानकारी गराउनु भएको छ। उक्त संस्थाले बिगत ३ बर्ष देखि दुबईमा रहेका विभिन्न होटल एबं रेस्टुरेन्टहरुमा कार्यरत नेपाली सेफहरुलाई विभिन्न तालिम, खानाको गुणस्तर सम्बन्धि कार्यशाला एबं नेपाली खानाका अनेक परिकारहरुको प्रदर्शन र प्रचार गर्दै आएको छ ।

अधिबेसन प्रतिनिधि दिपक कार्कीका अनुसार – नेपाल सेफ सोसाइटी युएई विभिन्न सामाजिक सेवामुलक कार्यमा समेत अनेक सहयोग गर्दै आइरहेको छ । नेपालमा बाढी पिडित नेपालीहरुलाई बिपत्ति पर्दा होस वा नेपाली दाजुभाई तथा दिदि-बहिनी कोरोनाको चपेटामा पर्दा विभिन्न खाध सामग्री सहयोग गरेको थियो । कोरोना संक्रमणका कारण लकडाउन हुदा काठमान्डौ खुल्लामंचमा विभिन्न खाध सामग्री वितरण गरि सहयोग गर्दै आएको छ ।  युएइमा अबस्थित उक्त संस्थाले एनआरएन संग समेत समन्यवय गरि विभिन्न सामाजिक सहयोग कार्यक्रम गर्दै आएको छ । 

अब बन्ने नयाँ कार्यसमितीले दिर्घकालिन लक्ष्यका साथ खाडीमा कार्यरत सेफहरु र अप्ठ्यारोमा परेका सेफहरु लाई विभिन्न सहयोगात्मक कार्यक्रम एबं सेवामूलक तालिम साथै अन्तरास्टियस्तरमा प्रतिस्पर्धा गराउने कार्यक्रम आयोजना गरिने समेत योजना रहेका छन् । 

संस्था प्रतिनिधि दिपक कार्कीका अनुसार यो संस्था स्वतन्त्र एबं कुनै राजनैतिक सिद्दान्तमा नरहने बिसुद्ध संसथागत लक्ष्यमा अडिक एबं संबेदनशील रहेको बताउनु भयो । संस्थाले कुनै राजनैतिक सिद्धान्तमा नलाग्ने र संस्था भित्र कुनै राजनैतिक गतिबिधि गर्न नपाउनेमा बिश्वस्त रहेको समेत बताउनु भएको छ ।

प्रतिनिधि कार्कीका अनुसार आउदो अधिबेशनमा युएइमा रहेका सबै संघ-संगठनको साथ र सहयोगको अपेक्षा राख्दछौ। हाल करिब दुइसय सेफहरुको सक्रियता सेफ सोसाइटीमा छ भने आवद्ध हुनेको संख्या दिनप्रतिदिन उच्च रहेको छ। संस्थाका सम्पूर्ण सधयाहरुको ठुलो सहयोग अनुरुप अधिबेसन भब्य र सभ्य हुनेमा विश्वास गर्दै सबै संघ-संगठनका प्रतिनिधिहरुमा आतिथ्यका लागि पत्रचार गरिरहेका र अधिबेसन तयारी तयारी पूरा भैसकेको जानकारी गराउनु भएको छ।
(दिपक कार्की-अधिबेसन प्रतिनिधि, नेपाल सेफ सोसाइटी युएई बाट प्राप्त समाचार) 

67% LikesVS
33% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •