संखुवासभा सामूहिक हत्याकाण्ड[Update]: हत्यामा संलग्न आराेपमा थप चारजना सार्वजनिक


लेखक : लेखापढी      ४ आश्विन २०७८, सोमबार १२:३७ मा प्रकाशित     
संखुवासभा सामूहिक हत्याकाण्ड[Update]: हत्यामा संलग्न आराेपमा थप चारजना सार्वजनिक

संखुवासभाको मादी नगरपालिकामा वडा नम्बर १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । 

 भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेहरुमा हत्यामा संलग्न लोकबहादुर कार्कीको बुवा रणबहादुर, भाई नरेश, काका खड्गबहादुर, र भाई हस्त कार्की (खड्गबहादुरका छोरा) लाई प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उक्त घटनामा मुख्य योजनाकार खड्गबहादुर कार्की रहेका छन् । यसअघि नै पक्राउ परेका लोकबहादुर कार्कीसमेत संलग्न भई ५ जनाको समूहले उक्त घटना घटाएको प्रहरीले दाबी गरेको छ ।

पक्राउ पर्नेमा ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन् । लोकबहादुर सहित ५ जना मिलेर योजनाबद्ध रुपमा हत्या गरेको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक (एसपी) भीम दाहालले बताए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •