काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको विरोध गर्ने मिडियाका मालिक र पत्रकारलाई अहिलेको सरकारले विभूषण प्रदान गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उनले संविधान दिवसको दिनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
“जे पायो त्यही विषयमा मुद्दा हाल्ने, जे पायो त्यही बोल्नेलाई सम्मानित !,” ओलीको भनाइ थियो, “दुई चार जना छुटेको जस्तो लाग्यो तर नाम भन्दिन ।”
उनले अदालत र न्यायाधीशहरुको पनि चर्को आलोचना गरे ।
“मुद्दा जिताइदिने हराइदिने, आँखामा पट्टी बाँध्ने । आँखामा पट्टी बाँधे पनि तराजु त छामे पनि देखिन्थ्यो,” ओलीले भने ।
उनले यी सबै विषयको इतिहासले निर्मम मूल्यांकन गर्ने बताए ।
-१२खरिबाट