गत मंगलबार आयोजित एप्पल इभेन्टमा सात वटा नयाँ उत्पादन सार्वजनिक भएको छ । सानो नचसहित सार्वजनिक भएको आईफोन १३ मा ५.४ इन्च र ६.१ इन्च डिस्प्ले भएको दुईवटा भेरियन्टको पाँच वटा रङमा उपलब्ध हुनेछ ।
कम्पनी आफैंले डिजाइन गरेको ए१५ बायोनिक चिप प्रयोग भएको यो फोन फाइभजी सपोर्ट गर्ने फोन हो, जुन ६० वटा देशमा चल्ने बताइएको छ ।
बजारमा आईफोन १३ को मूल्य ७९९ अमेरिकी डलर (९४ हजार रूपैयाँ) रहेको छ भने आईफोन १ ३ मिनीको मूल्य ६९९ अमेरिकी डलर (८२ हजार २८४ रुपैयाँ) तोकिएको छ ।
आफ्नै डिजाइनको ए१५ बायोनिक चिप, सानो नच र १२० हर्जको रिफ्रेस रेट रहेको डिस्प्लेसहितको आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्समा १२८ जीबीको स्टोरेज उपलब्ध छ, जसमा १ टीबीसम्मको स्टोरेज थप गर्न सकिन्छ ।
त्यस्तै यो पटक कम्पनीले यी फोनहरूमा क्यामेरा पनि थप सुधार गरेर उपलब्ध गराएको छ । आईफोन १३ प्रो को स्क्रिन साइज ६.१ इन्च छ भने आईफोन प्रो म्याक्सको ६.५ इन्च रहेको छ ।
बजारमा आईफोन १३ प्रो को मूल्य ९९९ अमेरिकी डलर (एक लाख १७ हजार ५९९ रुपैयाँ) छ भने आईफोन १३ प्रो म्याक्सको मूल्य १,०९९ अमेरिकी डलर (एक लाख २९ हजार ३७० रुपैयाँ) रहेको छ ।