शाहरुखलाई बहिष्कार गर्नुपर्ने चर्को माग किन उठ्यो ?


लेखक : लेखापढी      १ आश्विन २०७८, शुक्रबार ०२:०० मा प्रकाशित     
शाहरुखलाई बहिष्कार गर्नुपर्ने चर्को माग किन उठ्यो ?

मुम्बई ।बलिवुड अभिनेता शाहरुख खान बिहीबार अचानक ट्विटरमा बहिष्कार ट्रेन्डमा आएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको फोटो भाइरल भएपछि शाहरुख खानलाई बहिष्कारको माग बढेको हो । 

अफगानिस्तानलाई तालिबानले कब्जा गरेदेखि पाकिस्तानी प्रधानमन्त्री इमरानले तालिबानहरूलाई सहयोग गरेको आरोप लागिरहेको छ । नवभारत टाइम्सका अनुसार तालिबान सरकारमा को हुन्छ र को हुन्न भन्ने निर्णय पाकिस्तानको गुप्तचर एजेन्सीका निर्देशकहरूको उपस्थितिमा हुन्छ । 

सीएनएनलाई अन्तर्वार्ता दिँदै इमरानले तालिबानहरूलाई सहयोग गर्न पनि अपिल गरेका थिए । उनै इमरानसँगको फोटो सार्वजनिक गरेपछि शाहरुखलाई बहिष्कार गर्नुपर्ने माग उठेको हो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •