संखुवासभा सामूहिक हत्याकाण्ड [Update] : अभियुक्तको भाइ संलग्न भएको आशंका


लेखक : लेखापढी      ३१ भाद्र २०७८, बिहीबार ११:५९ मा प्रकाशित     
संखुवासभा सामूहिक हत्याकाण्ड [Update] : अभियुक्तको भाइ संलग्न भएको आशंका

मादि नगरपालिका वडा नम्बर १ उम्लिङमा छ जनाको हत्या आरोपी लोकबहादुर कार्कीको भाइलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अभियुक्तको भाइ नरेश कार्कीको साथबाट मृत्तक रञ्जनाको मोबाईल बरामद भएपछि घटनास्थलमै नियन्त्रणमा लिई अनुसन्धान भइरहेकाे बताइएकाे छ ।

‘अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएका हौं’ उनले भने, ‘थप अनुसन्धान इलाका प्रहरी कार्यालय, चैनपुरले गरिरहेको छ ।’

अनुसन्धानबाट नरेश प्रत्यक्षदर्शी (आई उट्नेश) समेत रहेको खुल्न आएको संघीय प्रहरी ईकाई धरानका एसपी भीम दाहालले जानकारी दिनुभयो । निजलाई प्रहरीले नियन्त्रणमा लिएर घरकाे थप खानतलासी र साेधपुछभईरहेको एसपी दाहालले बताउनुभयो । सामूहिक हत्यामा ज्यान गुमाउने मध्ये एक जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएको छ र नरेशले मोबाइल लुकाएको हुनसक्ने प्रहरीको आशंका छ ।

मादि नगरपालिका १ उम्लिङमा गत भदौ २१ गते सोमबार विहान एकै परिवारको छ जनाको हत्या भएको थियो । उनीहरुको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी २५ बर्षिय लोकबहादुर कार्कीलाई पक्राउ गरिसकेको छ । Agency

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •