भारतबाट नेपालमा पहिलो पटक निजी कार्गो रेल वीरगञ्ज आइपुग्याे


लेखक : लेखापढी      ३० भाद्र २०७८, बुधबार १४:४२ मा प्रकाशित     
भारतबाट नेपालमा पहिलो पटक निजी कार्गो रेल वीरगञ्ज आइपुग्याे

भारतबाट नेपालमा पहिलो पटक निजी कार्गो रेल वीरगञ्ज आइपुगेको छ । भारतको हल्दियाबाट सो रेल बुधबार विहान १०:१५ बजे वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको हो । यस अघि भारतीय सरकारको स्वामित्व भएको रेल मात्र नेपाल आउने गरेकोमा यो निजी क्षेत्रको पहिलो रेल हो । भारतसँग निजी कार्गो रेल नेपालको सीमासम्म ल्याउने विषयमा गत असार २५ गते सभ्झौता भएको र सो अनुसार नेपालमा निजी रेल आउन सम्भव भएको हो ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!