आईसीसी विश्वकप क्रिकेट लीग–२: नेपाल र ओमानबीचको खेल आज


आईसीसी विश्वकप क्रिकेट लीग–२: नेपाल र ओमानबीचको खेल आज

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल खेल्दै छ । 

नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोली ओमानसँग आज दिउँसो सवा ४ बजे प्रतिस्पर्धा गर्नेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जितको लक्ष्यमा हुनेछ । तर, बलियो टिम ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।

सिरिजको पहिलो खेलमै अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल सोही लयलाई कायम राख्दै लगातार जितको अपेक्षासहित मैदान उत्रनेछ ।

घलु टिमले पछिल्लो समय उत्कृष्ट खेलिरहेको छ । ओमान लीग–२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । ओमानले १० खेलमा १६ अङ्क जोडेको छ ।

अमेरिकालाई हराएपछि पाँच खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमै छ । ओमान अंक तालिकाको शीर्ष स्थानमा छ। ओमानको १० खेलबाट १६ अंक छ । लीग–२ विश्वकप छनोटको एक रुप हो ।