प्रतिनिधि सभा बैठक: भदौ २९ गतेसम्मका लागि स्थगित


लेखक : लेखापढी      २७ भाद्र २०७८, आईतवार १५:१२ मा प्रकाशित     
प्रतिनिधि सभा बैठक: भदौ २९ गतेसम्मका लागि स्थगित

 प्रतिनिधिसभाको बैठक भदाै २९ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा पनि नेकपा एमालेका सांसदले नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख अग्नी प्रसाद सापकोटाले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।

१४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै उनीहरूले आज पनि नाराबाजी गरेका हुन्। 

संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फूटाउने षड्यन्त्र मुर्दावाद लगायतका नारा एमाले सांसदहरुले लगाएका थिए ।

प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकबाट नै एमालेले अवरोध गर्दै आएको छ। एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बैठकबाट निकाल्नु पर्ने अडान राख्दै आएको छ ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!