सत्ता गठबन्धन बैठक: मन्त्रिपरिषद् विस्तारमा जुटेन, संसद्को अवरोध हटाउन विपक्षीसँग वार्ता गर्ने


लेखक : लेखापढी      २७ भाद्र २०७८, आईतवार १२:४२ मा प्रकाशित     
सत्ता गठबन्धन बैठक: मन्त्रिपरिषद् विस्तारमा जुटेन,  संसद्को अवरोध हटाउन विपक्षीसँग वार्ता गर्ने

मन्त्रिपरिषद विस्तार गर्न बसेको सत्ता साझेदार पाँच दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भएपनि ठोस सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने भएको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिव दुई घण्टा बसेको बैठकमा समयसामयिक राजनीतिक सबै विषयमा छलफल भए पनि प्राथमिकता भने संसद्को अवरोध हटाउने विषयले पाएको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेल सहभागी थिए । 

सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष एमालेले लगातारजसो संसद् बैठक अवरुद्ध गर्दै आएको छ । आइतबार पनि दिउँसो एक बजेका लागि संसद् बैठक डाकिएको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!