प्रतिनिधिसभा बैठक बस्दै, सम्भावित २३ कार्यसूची तय


लेखक : लेखापढी      २७ भाद्र २०७८, आईतवार ११:१९ मा प्रकाशित     
प्रतिनिधिसभा बैठक बस्दै, सम्भावित २३ कार्यसूची तय

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभााको नवौं अधिवेशनअन्तर्गत चौथो बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयले आजको बैठकमा  सम्भावित २३ कार्यसूची तय गरेको छ ।
शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो ।

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि एमालेले अवरोध कायमै राख्ने तयारी गरेको छ । शनिबार बसेको एमाले स्थायी समिति बैठकले प्रतिनिधिसभाको बैठक अवरोध कायमै राख्ने तर सांसदलाई मर्यादित भएर विरोध गर्न निर्देशन दिइसकेको छ । यसबारे थप जानकारी दिन एमाले संसदीय दलको बैठक आजै अपराह्न १२ बजे बस्दैछ ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!