संसद बैठक शुरु हुनासाथ एमालेको अवरोध; बैठक १५ मिनेट स्थगित


लेखक : लेखापढी      २५ भाद्र २०७८, शुक्रबार १३:५४ मा प्रकाशित     
संसद बैठक शुरु हुनासाथ एमालेको अवरोध; बैठक १५ मिनेट स्थगित

विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै  शुक्रबारको बैठक पनि अवरुद्ध पारेका छन् । 

नेकपा एमालेका सांसदहरुले संसदीय सर्वोच्चता कायम गर, संसद्मा बल प्रयोग गर्न पाइँदैनजस्ता नारा लगाइरहेपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका छन् ।

२३ भदौमा शुरु भएको अधिवेशनमा एमालेले सभामुखमाथि नै प्रश्न उठाएको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएको छ ।

सभामुख अग्नि सापकोटाले अदालतमा विचाराधीन मुद्दामा संसद्मा छलफल हुन नसक्ने र आफूले जवाफ दिइसकेको बताएका छन् । सभामुख सापकोटाले प्रतिनिधिसभा नियमवलीको नियम २१ को ‘ख’, ‘ग’ र ‘घ’ को पालना गर्न पनि आग्रह गरेका थिए ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!