सत्ता गठबन्धन बैठक : प्रधानमन्त्री देउवाले मागे मन्त्रीको नाम


लेखक : लेखापढी      २५ भाद्र २०७८, शुक्रबार १२:०१ मा प्रकाशित     
सत्ता गठबन्धन बैठक : प्रधानमन्त्री देउवाले मागे मन्त्रीको नाम

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलसँग मन्त्रीको नामावली मागेका छन् । आज बिहान बालुवाटारमा बसेको बैठकमा देउवाले मन्त्रीको नाम दिन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले जानकारी दिइन् ।

मन्त्रिपरिषद् विस्तारमा अब पनि ढिला गर्न नहुने नेताहरुको जोड थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुलाई मन्त्रीको नाम छिटो दिन आग्रह गरेका थिए । प्रधानमन्त्रीले मन्त्रीको नाम मागेपछि नेताहरुले दलमा छलफल गरेर नाम दिने भनेका छन् । नेताहरु पुनः बस्ने गरी उठेका छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!